Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

साग्रिला डेभलपमेन्ट बैंकद्वारा १३० चेपाङ विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण

५ मंसिर २०८३, शुक्रबार २२:५२

हेटौंडा, मंसिर ४।

साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकको हेटौंडा शाखाको पहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई जाडो मौसममा प्रयोग गर्न मिल्ने ट्र्याकसुटका साथै कापी र कलम वितरण गरिएको हो। जाडो मौसममा विद्यार्थीलाई सहजता प्रदान गर्नुका साथै उनीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

हेटौंडा शाखाका शाखा प्रबन्धक बिनेश कार्कीको पहलमा सम्पन्न कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति रहेको थियो। बैंककी मार्केटिङ प्रमुख अर्पणा बज्राचार्यबाट प्राप्त सहयोग उक्त कार्यक्रम मार्फत बिधार्थिहरुलाइ प्रदान गरिएको छ ।

स्थानीय चेपाङ समुदायका बालबालिकाको शैक्षिक तथा दैनिक जीवनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै पठनपाठनप्रति थप प्रेरणा मिल्ने विश्वास लिएको बैंकका हेटौंडा शाखा प्रबन्धक कार्किले बताए ।

बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको साग्रिला डेभलपमेन्ट बैंकले शिक्षा, सामाजिक विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबासमा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुँदै

पोलियो उन्मूलनको लागि बर्दिबासमा रोटरीको र्‍याली

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

ताजा अपडेट
  • साग्रिला डेभलपमेन्ट बैंकद्वारा १३० चेपाङ विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण

  • बर्दिबासमा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुँदै

  • पोलियो उन्मूलनको लागि बर्दिबासमा रोटरीको र्‍याली

  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

© 2026: Touch Khabar All Rights Reserved