Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिबासमा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुँदै

१७ कार्तिक २०८३, सोमबार २०:५४

बर्दिबास, महोत्तरी। बर्दिबास युथ क्लबको आयोजनामा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक २३ गते सोमबार बर्दिबासस्थित श्री देउराली माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

‘Slow Bike, Long Life’ ढिलो सवारी, लामो जीवन’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिताको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना अभिवृद्धि गर्नु, तीव्र गति र लापरबाहीका कारण हुने दुर्घटना न्यूनीकरण गर्नु तथा युवामा अनुशासित र सुरक्षित सवारी संस्कृतिको विकास गर्नु रहेको क्लबले जनाएको छ।

प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका प्रतिस्पर्धीले सहभागिता जनाउन सक्नेछन । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः२२ हजार २२२, ११ हजार १११ र ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ११ हजार १११, ५ हजार ५५५ र २ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको दर्ता खुलिसकेको र दर्ता हुने प्रतिस्पर्धिसँग सवारी चालक अनुमति पत्र अनिवार्य हुनुपर्ने बर्दिबास युथ क्लबाका अध्यक्ष कृष्ण कार्किले बताए ।

प्रतियोगितामा सहभागी हुन पुरुषका लागि ३०१ रुपैयाँ र महिलाका लागि १०१ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। आयोजकका अनुसार इलेक्ट्रिक बाइक तथा इलेक्ट्रिक स्कुटरलाई प्रतियोगितामा सहभागी गराइने छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार

पोलियो उन्मूलनको लागि बर्दिबासमा रोटरीको र्‍याली

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

ताजा अपडेट
  • बर्दिबासमा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुँदै

  • पोलियो उन्मूलनको लागि बर्दिबासमा रोटरीको र्‍याली

  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

© 2026: Touch Khabar All Rights Reserved