महोत्तरी । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महोत्तरीको बर्दिबास १ स्थित आरसी लिड एन्ड ब्याट्री उद्योग प्रालिका सञ्चालक तथा लायन समाजसेवी रमेश भण्डारीले एक लाख रुपैयाँ सहयोग गरेका छन् । भण्डारीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्।
भोटेकोशी क्षेत्रमा आएको विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै भण्डारीले मानवीय भावनाका साथ सहयोग गरेका हुन्। लायन समाजसेवीका रूपमा सामाजिक सेवामा सक्रिय भण्डारीको यो सहयोगले विपद्मा परेका परिवारलाई राहत पुर्याउने प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
लायन्स क्लब अफ बर्दिबास समाजका आजीवन सदस्य भण्डारी समाजमा आवश्यक पर्ने हर सहयोग गर्न तत्पर छन । ब्यक्तिगत रुममा समेत सामाजिक काममा भण्डारीको सक्रियता अनुशरण योग्य छ ।

Screenshot


















