Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

१४ असार २०८३, आईतवार २१:३७

धनुषा : धनुषाको मिथिला नगरपालिका–९ स्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा असार १३ गते शनिबार प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल मधेश प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भिम राउतले गरेका थिए भने विद्यालयका प्रिन्सिपल भोगिलाल महतोले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, शिक्षा तथा साहित्यका ज्ञाता नारायण विक्रम थापा, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, वडा नं. ९ का अध्यक्ष दिपक थापा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, बुढ्यौली साहित्य समाज मधेश प्रदेश अध्यक्ष लम्बोदर काफ्ले, लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, विश्व नेपाली साहित्य समाज मधेश प्रदेश अध्यक्ष निला घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राजकरण महतो, बर्दिबास नगर पत्रकार सञ्जाल (महोत्तरी) अध्यक्ष गोपाल बराल, सञ्चारिका समूह मधेश प्रदेश संयोजक सुनिता बराल, मुक्तककार गणेश तिमल्सिना, छन्दकवि कुमार कुसुम, सिस्नुपानी नेपाल महोत्तरी अध्यक्ष नारद प्रसाद काफ्ले, डा. सुमन कर्मचारी तथा जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मिना देवकोटा, भगवती साह, गणेश घिमिरे, निरप्रसाद शर्मा, नित्यनन्द, सुमित्रा आचार्य, वेलबहादुर परियार, भरत साह रौनियार, निरा घिमिरे, शिक्षक रामचन्द्र यादव तथा विद्यालयका सात विद्यार्थीले कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए ।

यस अवसरमा प्रमुख अतिथि प्रा. डा. राजेन्द्र विमल र साहित्यिक व्यक्तित्व नारायण विक्रम थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुललाई कदरपत्र तथा विद्यालयले प्रलेस मधेश प्रदेश समितिलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

वक्ताहरूले साहित्यले समाजमा समानता, सहअस्तित्व, सहिष्णुता र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष नारायण घिमिरेले सहभागी सबैप्रति आभार व्यक्त गर्दै प्रगतिशील साहित्य सिर्जनामा सक्रिय हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ट्राफिक जनचेतना अभिवृद्धिका लागि सप्ताहब्यापी अभियान

श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक रोकियो

ताजा अपडेट
  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

  • ट्राफिक जनचेतना अभिवृद्धिका लागि सप्ताहब्यापी अभियान

© 2026: Touch Khabar All Rights Reserved