Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

५ बैशाख २०८३, शनिबार २०:०७

यही मिति २०८३ साल बैशाख ५ गते सोमबारको दिन प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश समितिको आयोजना तथा शिशिर घिमिरे स्मृति प्रतिष्ठान नेपालको प्रायोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रलेस नेपाल मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता तथा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा राम भरोस कापडीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष तथा शिशिर घिमिरे स्मृति प्रतिष्ठान का संरक्षक प्रेम घिमिरेद्वारा लिखित जेन्जीको ज्वाला नामक कृति लोकार्पण गर्नुका साथै शिशिर घिमिरे नव प्रतिभा पुरस्कार समेत प्रदान गरिएको थियो।

प्रलेस मधेश प्रदेश समितिका सचिव भिम कुमार राउत ले सञ्चालन गरेको उक्त कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सम्पूर्णलाई प्रलेस नेपाल महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेलले स्वागत गरेका थिए।

सो कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरुमा बुढ्यौली साहित्य समाज मधेश प्रदेश समितिका अध्यक्ष लम्बोदर काफ्ले, प्रलेस रौतहट अध्यक्ष राम आचार्य, सर्लाही अध्यक्ष रुप नारायण सिंह, प्रलेस मधेश प्रदेश समितिका सहसचिव मिना देवकोटा, बुढ्यौली साहित्य समाज सिराहा अध्यक्ष गणेश अधिकारी, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका उपाध्यक्ष डा सुमन कर्मचार्य, प्रदेश सभासद माननीय शारदा देवी थापा, जनवादी लेखक सङ्घ भारत सितामढीका कोषाध्यक्ष मोहमद कामरुदिन नदाफ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विभिन्न चरणमा सम्पन्न कार्यक्रमको पहिलो कार्य पारिजातप्रति माल्यार्पण गर्दै उहाँको व्यक्तित्व तथा कृतित्वमाथि परिचर्चा गरिएको थियो। परिचर्चा गर्नेमा साहित्यिक व्यक्तित्व लिलानाथ गौतम, केदार कोइराला र मदन प्रभात थिए। पारिजातले साहित्यको माध्यमबाट समाजमा चेतना फैलाउँदै अन्याय, अत्याचार, शोषण,दमनको विरुद्ध र महिला मुक्तिका निम्ति सबै जागृत भइ अगाडि बढ्न समेत आह्वान गरिएको कुरा प्रष्ट पारेका थिए।

दोस्रो चरणमा कवि अग्नि कवचद्वारा लिखित जेन्जीको ज्वाला नामक लघु प्रबन्ध काव्यको शिल्प विधान, भाषा चयन, विषयवस्तुको प्रस्तुति, संरचना र कलात्मकता माथि कवि मञ्जु मञ्जुभाषिणीले चर्चा गरेकी थिइन् भने सो काव्यको वैचारिक पक्ष, प्रगतिशीलता माथि कवि जीवनस्पर्शीले चर्चा गरेका थिए।
कार्यक्रमको तेस्रो चरणमा शिशिर घिमिरे स्मृति नव प्रतिभा पुरस्कार२०८२ बाट सम्मानित हुनुहुने कमला साहित्य कला समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना गतिद्वारा लिखित मनोगति मुक्तक संग्रहलाई सम्मान गरिएको हो।

सो कार्यक्रममा बोल्दै सम्मनित स्रष्टा गणेश तिमिल्सिनाले शिशिर घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट सम्मानित हुन पाएकोमा आफू अत्यन्त हर्षित भएको बताउँदै सम्मान गर्नुहुने संस्थाप्रति आभार व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा केही पारिजात सम्बन्धी र केही अन्य कविता,गीत, गजल वाचन गरिएका थिए।वाचन गर्नेहरूमा कुमार दाहाल कुसुम,अभिशेक पाण्डे,मिना देवकोटा, गणेश अधिकारी लगायत थिए। कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ बर्दिबास, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी , पद्मसंशेर स्मृति प्रतिष्ठान, पत्रकार, बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा राम भरोस कापडीले बर्दिवासको माटो लगायत सम्पूर्णमा साहित्य रहेको छ, यसलाई फुलाउन फलाउन एक्लै संभव नभएको भन्दै यहाँका सबै लागि पर्नु पर्ने र यसको लागि आफू मधेश प्रज्ञा-प्रतिष्ठानको सहयोग रहने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नारायण घिमिरेले प्रलेस नेपाल मधेश प्रदेशले आयोजना गरेको ३४ औँ पारिजात स्मृति दिवस विशेष कार्यक्रमा सक्रिय सहभागी हुनु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम गर्न अहोरात्र खटिएका प्रलेस मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न जिल्ला समिति अध्यक्ष तथा सदस्यहरु, यस्तो गरिमामय कार्यक्रम सम्पन्न गर्न प्रायोजकको भूमिका निर्वाह गर्ने शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक अग्नि कवच तथा कार्यक्रम सञ्चालन गर्ने नि:शुल्क हल उपलब्ध गराउने पद्मसंशेर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णु खड्का लगायत सम्पूर्णमा आभार व्यक्त गरेका थिए, साथै आगामी दिनमा पनि यस्तै साथसहयोग रहनेमा आफू विश्वस्त रहेको कुरा बताउँदै कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

कार्यालय समय कडाइ : ढिलासुस्ती गर्नेलाई सतर्कता केन्द्रमार्फत कारबाही चेतावनी

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved