Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

भानु जयन्तीमा बुढ्यौली साहित्य समाजद्वारा शब्दको उत्सव

२९ असार २०८२, आईतवार १९:४५

🖋️ बर्दिवास, असार २९ – जीवनराज दाहाल

“भाषा र भावनाको पुल बनाउने कवि भानुभक्तलाई सम्झँदै, बर्दिवासमा फेरि एकपटक साहित्य बोलेको थियो – कविता गुञ्जिएको थियो, गद्य झुल्किएको थियो ।”

यसरी सुरु भएको थियो २१२औँ भानु जयन्तीको अवसरमा बुढ्यौली साहित्य समाज महोत्तरीद्वारा आयोजना गरिएको छैटौँ साहित्यिक श्रृङ्खला कार्यक्रम, जुन आइतबार बर्दिवास–२ स्थित जनता नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लालबाबु पोखरेलले गरेका थिए भने विशेष अतिथि थिए साहित्य अभियन्ता र नियात्राकार रमेश मोहन अधिकारी ।

सचिव नारद प्रसाद काफ्लेले संयोजन गरेका कार्यक्रममा मोहन गिरिको हार्दिक स्वागत मन्तव्यसँगै शब्दको यात्रा सुरु भयो । राखिन्द्र दहाल, विना हमाल, नारायण खड्का, उद्धव ‘अविचल’, प्रकृति पाण्डे, प्रेम घिमिरे, गणेश घिमिरेलगायतका सर्जकहरूले वाचनमार्फत भानुभक्तप्रति सम्मान अर्पण गरे ।

कार्यक्रममा अतिथिका रूपमा बोल्नेहरूमा थिए बुढ्यौली साहित्य समाजका प्रदेश अध्यक्ष लम्बोदर काफ्ले, जनवादी लेखक सङ्घ भारतका कामरुदिन नदाफ, बर्दिवास नगर पत्रकार सञ्जाल अध्यक्ष गोपाल बराल, प्रा.अ. तोप बहादुर ठकुरी, प्रगतिशील लेखक सङ्घ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे लगायत अन्य साहित्यिक तथा शैक्षिक व्यक्तित्वहरू ।

उनीहरू सबैको जोड एउटै कुरामा थियो – “भानुभक्त आचार्यले नेपाली भाषालाई लेखनको माध्यम मात्र होइन, आत्माको अभिव्यक्ति बनाइदिएका हुन् ।”

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरू प्रेम घिमिरे, राजेश्वरी काफ्ले, दिनेश पौडेल, विपिराज दहाल, नीर प्रसाद शर्मा, गणेश तिमिल्सिना, नेत्र रम्तेल, अम्बिका दहाल, बोधराज दहाल, विमला वि.क. लगायत सबैले नेपाली साहित्यको जग सुदृढ बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए ।

प्रमुख अतिथि रमेश मोहन अधिकारीले भने “भानुभक्त केवल काव्यका स्रष्टा मात्र होइनन्, नेपाली आत्माभाषाका साधक पनि हुन् । रामायणमार्फत उहाँले हाम्रो मानसपटलमा संस्कार रोप्नुभयो ।”

अन्त्यमा सभाध्यक्ष पोखरेलले साहित्यिक साधनामा सहयोग पुर्‍याउने सम्पूर्णलाई आभार प्रकट गर्दै भोलिका दिनहरूमा अझ विस्तारित श्रृङ्खला आयोजना गरिने जानकारी दिए ।

भानु जयनीको दिन केवल भानुभक्तको सम्झना गरिएको थिएन नेपाली साहित्यलाई फेरि एकपटक सजीव बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved