जीवनराज दाहाल : बर्दिवास : असार १९
पदम-शमशेर स्मृति प्रतिष्ठान बर्दिवासले हालै सार्वजनिक एसईई नतिजापछि आगामी छात्रवृत्तिका लागि दरखास्त खुला गरेको छ ।
प्रतिष्ठानले २०७७ सालदेखि सुरु गरेको छात्रवृत्ति अभियान अन्तर्गत यसपालि पनि आर्थिक अभावका कारण अध्ययन अवरुद्ध हुने अवस्थामा पुगेका बर्दिवास नगर क्षेत्रका विद्यार्थीहरूलाई छनोट गरी सहयोग पुर्याउने जनाएको छ ।
त्यसैगरी, उत्कृष्ट नतिजा ल्याउने दुई जना मेधावी विद्यार्थीलाई थप छात्रवृत्ति दिने निर्णयसमेत गरिएको छ ।
बर्दिवासमा गुणस्तरीय र पहुँचयोग्य शिक्षाको विकासमा यो अभियानले सशक्त प्रभाव पार्ने विश्वास गरिएको छ । समाजसेवी विष्णु खडकाको अथक प्रयास र समर्पणले शिक्षाको उज्यालो बाटो निर्माण गरिरहेको छ ।
प्रतिक्रिया


















