Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासमा विश्व साइकल दिवसको अवसरमा विशेष साइक्लिङ कार्यक्रम

२० जेष्ठ २०८२, सोमबार १८:३९

जीवनराज – बर्दिवास, जेठ १९

विश्व साइकल दिवस २०८२ को अवसर पारेर बर्दिवास साइक्लिङ ग्रुपले विशेष साइक्लिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । जेठ २० गते विहान ६:०० बजेदेखि सुरु हुने यो कार्यक्रम बर्दिवासस्थित टुटेश्वर मन्दिरको प्राङ्गणबाट आरम्भ गरिनेछ ।

साइक्लिङप्रति रुचि राख्ने उत्साहीहरूमाझ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रममा स्लो रेस (२०० मिटर) र स्पिड रेस (१० किलोमिटर) गरी दुई फरक विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि रु. २००० न्यूनतम शुल्क निर्धारण गरिएको छ भने इच्छुकले स्वेच्छाले सोभन्दा बढी सहयोग गर्न सक्नेछन् । विजेता सहभागीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानअनुसार आकर्षक पुरस्कार प्रदान गरिनेछ । साथै, सहभागीहरूका लागि विहानको खानाको विशेष व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

दिगो यातायात, शारीरिक स्वास्थ्य र वातावरणीय सचेतनालाई सघाउँदै स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले बर्दिवास नगरभित्र स्वास्थ्य र हरियालीको सन्देश फैलिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी सबैले हेलमेट र जुत्ता अनिवार्यरूपमा लगाउनुपर्नेछ भने सम्भव भएसम्म सेतो टिसर्टमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

बर्दिवास साइक्लिङ ग्रुपले साइक्लिङप्रेमी सबैलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved