Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मधेसमा पर्यटन, कृषि र उद्योग प्राथमिकतामा : मन्त्री कुशवाहा

१२ जेष्ठ २०८२, आईतवार ११:४८

आइतबार : जेष्ठ ११
मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा लगानी आकर्षण उद्देश्यसहित सुरु गरिएको ‘घुमौं मधेस, बुझौं मधेस’ अभियान शनिबार बीरगन्जको भिस्वा होटलमा सम्पन्न भयो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षता र मन्त्री बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सात जिल्लामा सञ्चालन भइसकेको छ ।

मन्त्री कुशवाहाले १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको बताए । उनले मधेसको पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्न खेलकुद र सांस्कृतिक कार्यक्रम उपयोगी हुने धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पत्रकार महासंघ अध्यक्ष श्याम बञ्जारा, उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, होटल व्यवसायी हरि पन्तलगायतको उपस्थिति थियो ।

मधेश विश्वविद्यालय उपकुलपति डा. दीपक शाक्य, प्रहरी अधिकारीहरू, पत्रकार तथा होटल व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

© 2026: Touch Khabar All Rights Reserved