Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवास उद्योग वाणिज्य संघ : समृद्धिको बाटोमा दृढ पाइला

२२ बैशाख २०८२, सोमबार २२:१९

२२ वैशाख, बर्दिवास (जीवनराज दाहाल) –
नेपालको राजधानी काठमाडौँलाई पूर्वसँग जोड्ने बीपी राजमार्गजत्तिकै रणनीतिक महत्व बोकेको छ, महेन्द्र राजमार्गको मुख्य नाका बर्दिवास शहर । पछिल्ला वर्षहरूमा तीव्र शहरीकरण, व्यापारिक चहलपहल र पूर्वाधारको विकासका कारण यो शहर सम्भावनाको केन्द्रविन्दुमा उभिएको छ ।

बर्दिवासको यो परिवर्तनशील यात्रामा अग्रणी भूमिका निर्वाह गरिरहेको छ – बर्दिवास उद्योग वाणिज्य संघ । व्यवसायीको हकहितको संरक्षण, व्यवसाय प्रवर्द्धन र संस्थागत सुदृढीकरणका दिशामा संघले पछिल्ला दिनहरूमा उल्लेखनीय कार्य गर्दै आएको छ । संघका पदाधिकारीहरूका अनुसार, हाल संघले आफ्नै भवन निर्माणलाई प्राथमिक एजेन्डामा राखेर योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ ।

संघका अध्यक्षको भनाइमा, छोटो अवधिमै विविध उपलब्धिहरू हासिल गर्न सफल संघले बाँकी कार्यकालमा थप दिगो र दीर्घकालीन सुधार गर्ने लक्ष्य लिएको छ । भवन निर्माणसँगै, व्यवसायीहरूका लागि पारिवारिक सुविधा प्रवर्द्धन, स्वच्छ पानीको ट्याङ्की जडानजस्ता योजनाहरू पनि संघको प्राथमिकतामा परेका छन् ।

यतिमात्र होइन, संघले बर्दिवास आगमन गर्ने विशिष्ट व्यक्तित्वहरूको स्वागत-सत्कारमार्फत सहरको गरिमा अभिवृद्धि गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ । हालै मात्र, ॐकार टेलिभिजनका संस्थापक एवं लड्केश्वर धामका पीठाधीश्वर श्री मुकुन्द शर्मा हुमागाईको संघको भवन अवलोकन भ्रमणका अवसरमा, संघले विशेष सम्मानसहित उनको स्वागत गरेको थियो । संघले हुमागाईको आगमनलाई ‘सौभाग्यपूर्ण’ भनी व्याख्या गर्दै हार्दिक कृतज्ञता प्रकट गरेको थियो ।

संघको भवन निर्माण कार्य पूर्णता तर्फ उन्मुख हुँदै गर्दा, बर्दिवासको समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा नयाँ ऊर्जा थपिने आशा गरिएको छ । व्यवस्थित नेतृत्व र दीर्घदृष्टिको समन्वयमा संघले बर्दिवासलाई आधुनिक व्यापारिक नगरीका रूपमा स्थापित गर्न सक्ने स्पष्ट संकेत देखिएको छ ।

यस समृद्धिको यात्रामा बर्दिवास उद्योग वाणिज्य संघको यो कदम प्रेरणादायी सावित भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved