Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

लेनिन शतवार्षिकी समारोहमा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

१० बैशाख २०८२, बुधबार ०६:२०

बर्दिवास, महोत्तरी – १० बैशाख।

लेनिनको १५६औं जन्मजयन्तीको अवसरमा “लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ति” विषयक अन्तरक्रियात्मक गोष्ठी बर्दिवासमा सम्पन्न भएको छ । लेनिन शतवार्षिकी समारोह समिति, मधेस प्रदेशका संयोजक शशिकला दहालको अध्यक्षतामा गोष्ठी सञ्चालन गरिएको हो ।

समितिका सदस्य गोपाल वरालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वतन्त्र वामपन्थी नेता रोशन जनकपुरीले १४ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा समाजवादी क्रान्तिको मार्गचित्रबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा कार्यपत्रमाथि विभिन्न दलका नेताहरूले टिप्पणी गरेका थिए । नेकपा (विप्लव)का पवन सि, वैज्ञानिक समाजवादी पार्टीका मदन प्रभात, नेकपा (एमाले)का शंकर महतो, नेकपा (माओवादी केन्द्र)का राजु खड्का र नेकपा (समाजवादी)का लक्ष्मण पौडेल प्रमुख टिप्पणीकारका रूपमा प्रस्तुत थिए ।

वक्ताहरूले समाजवादी क्रान्तिको सन्दर्भमा लेनिनको विचार र योगदानको चर्चा गर्दै वर्तमान अवस्थामा सबै वामपन्थी शक्तिहरू एकजुट हुन आवश्यक रहेकोमा जोड दिएका थिए । पवन सिले उत्पादन र श्रमसँगको सम्बन्ध स्थापित गर्नुपर्ने बताए भने मदन प्रभातले माक्र्स, लेनिन र माओका विचारलाई नयाँ ढंगले लागू गर्नुपर्ने आवश्यकता औंल्याए । एमाले नेता महतोले एकता र उत्पादनमुखी कार्यमा जोड दिए ।

माओवादी केन्द्रका नेता राजु खड्काले लेनिनको क्रान्तिप्रतिको भूमिका र मार्क्सवादी ज्ञानप्रतिको योगदानको प्रशंसा गर्दै समाजवादप्रति विभिन्न दृष्टिकोण रहे पनि त्यसलाई एकताको सूत्रमा बाध्नुपर्ने धारणा राखे । समाजवादी पार्टीका लक्ष्मण पौडेलले वामपन्थी दलहरू टुक्रिएको अवस्थामा समाजवादी क्रान्तिको धारणा कमजोर बन्ने उल्लेख गरे ।

कार्यक्रममा कार्यपत्र र टिप्पणीमाथि प्रतिक्रिया व्यक्त गर्नेहरूमा भौतिकवादी नेता वैद्यनाथ श्रमजीवी, जीवन शशांकर र नारद काफ्ले रहेका थिए ।

कार्यक्रममा पाँच वामपन्थी राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । समापनमा बोल्दै सभाध्यक्ष शशिकला दहालले कार्यक्रम सफल बनाउन समिति एक वर्षदेखि सक्रिय रहेको र अझै केही कार्य बाँकी रहेको जानकारी दिइन् । साथै, उनले वामपन्थी शक्तिहरूको एकताको आवश्यकता औंल्याउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

गोष्ठी बर्दिवासस्थित विनायक ब्याङ्क्वेटको सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ट्राफिक जनचेतना अभिवृद्धिका लागि सप्ताहब्यापी अभियान

“शिक्षा केवल किताबको ज्ञान होइन” प्राचार्य लक्ष्मण गिरी

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

एसईई पछि छात्रवृत्तिका लागि दरखास्त खुला, जेहेन्दारलाई थप अवसर

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved