Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

प्रलेस महोत्तरीले ३२औँ पारिजात स्मृति दिवस भव्य रूपमा मनायो

५ बैशाख २०८२, शुक्रबार २१:४२

जीवनराज : बर्दिवास, ५ बैशाख ।

प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) महोत्तरीले ३२औँ पारिजात स्मृति दिवसका अवसरमा “प्रगतिवादी साहित्यमा पारिजातको योगदान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता प्रलेस महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेलले गरेका थिए भने प्रमुख अतिथिको रूपमा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष शशिकला दहाल उपस्थित थिइन् । कार्यक्रममा प्रलेस महोत्तरीका सचिव नारद काफ्लेले सञ्चालन गरेका थिए भने उपाध्यक्ष निरज अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।

वक्ताहरूले साहित्यकार पारिजातले नेपाली साहित्यमा पुर्‍याएको अतुलनीय योगदानबारे चर्चा गर्दै उनका केही कविताहरूको वाचनसमेत गरेका थिए । कवितावाचन गर्नेहरूमा नारायण घिमिरे, जीवनस्पर्शी, यादवराज वाग्ले, विपिराज दहाल, नारद काफ्ले र विमला विक थिए ।

पारिजातको जीवनी, व्यक्तित्व र कृतित्वमाथि विभिन्न क्षेत्रका प्रतिनिधिहरूले विचार प्रस्तुत गरेका थिए । ती वक्ताहरूमा बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, जनता मावि गौरीडाँडाका प्रधानाध्यापक रामसकल महतो, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, जनवादी लेखक सङ्घ सितामाढी भारतका कोषाध्यक्ष महमद कामरुद्दिन नदाफ, प्रलेसका केन्द्रीय सदस्य विमला विक, मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, राजन प्रसाद ढुङ्गाना, राजन बस्नेत, ज्योति दर्लामी, प्रकाशहरि पोखरेल तथा प्रदेश सांसद शारदा देवी थापा प्रमुख थिए ।

प्रलेस नेपालका मधेस प्रदेश सचिव भिमकुमार राउतले पारिजातलाई समाजवाद उन्मुख बहुआयामिक सर्जकको रूपमा व्याख्या गरे । अन्य वक्ताहरूले पारिजातको लेखन समाजमा व्याप्त विकृति, विसङ्गति र बेथिति विरुद्धको आवाज रहेको बताए ।

प्रमुख अतिथि शशिकला दहालले पारिजातको लेखन समाजको पीडा र सत्यतर्फ आँखा खोल्ने सुगन्धित फूल भएको उल्लेख गरिन् । उनका अनुसार पारिजातको सिर्जना युगौँसम्म नेपाली साहित्यमा अमर रहनेछ ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले सबै सहभागीप्रति आभार व्यक्त गर्दै प्रलेस महोत्तरीका संस्थापक अध्यक्षदेखि वर्तमान नेतृत्वसम्म एकै साथ सहभागी भएको क्षणलाई अविस्मरणीय भनेका थिए । कार्यक्रम जनता मावि गौरीडाँडाको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७०औँ शृङ्खला सम्पन्न

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved