Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासको तरकारी बजारमा मापदण्ड विपरीतका नापतौल

६ मंसिर २०८०, बुधबार १६:२३

टच संवाददाता
बर्दिवासको तरकारी बजारमा अधिकांश ढक तराजु मापदण्ड विपरीतका पाहिएको छ । उधोग बाणिज्य संघ बर्दिवासले बुधबार गरेको बजार अनुगमनमा अधिकांस किसान तथा ब्यापारीले मापदण्ड अनुरुपको नापतौल प्रयोग नगरेको पाहिएको अनुगमन समितिले जनाएको छ ।
बर्दिवास १ र १४ को तरकारी बजारमा १ सय पसलमा अनुगमन गर्दा ६० प्रतिशत ब्यापारीले नापतौलको मापदण्ड पूरा नगरेको पाहिएको संघका महासचिव उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।

स्थानित उपभोक्ता तथा ग्राहकहरुबाट तरकारी बजारमा ढुङ्गाको ढकबाट नाप तौल भैरहेकोले तौलमा शंका भएको गुनासो आएपछि संघको ५ गतेको कार्यसमिति बैठकको निर्णय पछि तरकारीबजार अनुगमन गरिएको श्रेष्ठले बताए । अनुगमनमा बाणिज्य संघका अध्यक्ष विष्णु खड्का,उपाध्यक्ष चौधरी महतो,महासचिव उत्तम श्रेष्ठ,सचिव शैलेस दाहाल,सदस्यहरु बेचु बल, सुरज खड्का, बजार ब्यबस्थापन का अध्यक्ष पुण्य प्रसाद गौतम , रास्ट्रीय उपभोक्ता मन्च का अध्यक्ष दिपेन्द्र पराजुली, होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरे, समाजसेवी गोपि भण्डारी, प्रहरी र पत्रकारक लगायतको उपस्थिति थियो ।
अनुगमनबाट ढुङ्गाको ढक प्रयोग नगर्न र आफुले चलाएको ढकको तौल सहि भए नभएको जाँच गर्न किसान तथा ब्यापारीवर्गलाई सचेत गराएको बाणिज्य संघका अध्यक्ष बिष्णु खड्काले बताए ।
बजारमा ढुङ्गाको ढक हटाई आगामी दिन मा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको ढल तराजु प्रचलनमा ल्याउन, आम उपभोक्ताको हितमा हुनेगरी ब्यबसाय संचालन गर्न सचेत गराउने उदेश्यले अनुगमन गरेकाले प्रहिलो अनुगमनबाट कसैलाई कार्वाही नगरेको खड्काले बताए ।
आगामी दिनमा ढक तराजु मापदण्ड अनुरुप प्रयोग गर्ने प्रतिबद्धता ब्यबसायीले गरेका छन्। आवश्यक जानकारी नभएकाले गल्ती भएको भन्दै ब्यबसयीले सच्चिने प्रतिबद्धता गरेकाले कोहि कसैले उपभोक्ताको हित बिपरित कार्य नगर्नेमा आफुहरु विश्वस्त रहेको खड्काले बताए । प्रचलित कानुन अनुसारको मापदण्ड पालना नगरे वा अटेर गरे कार्वाही गर्ने चेतावनी समेत ब्यबसायीलाइ दिएको खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved