Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मोटरसाइकल सुस्त चलाएर पुरस्कार जित्ने मौका

२४ कार्तिक २०८०, शुक्रबार १५:२९

सुनिता बराल
महोत्तरीको बर्दिवासमा प्रत्येक वर्ष आयोजना हुँदै आएको सुस्त मोटरसाइकल चलाउने प्रतियोगिता यस वर्ष पनि आयोजना हुने भएको छ । कार्तिक २६ गते आइतबार लक्ष्मी पुजाको दिन बिहान ७ बजेबाट प्रतियोगिता सुरु हुने बर्दिवास युथ क्लबले शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बर्दिवास युथ क्लबको आयोजनामा सुस्त मोटरसाइकल चलाउने प्रतियोगिता हुन गइरहेको बर्दिवास युथ क्लबका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।
तिब्र गतिमा मोटरसाइकल चलाउँदा कयौं मानिसको अकालमै ज्यान गइरहेकाले सवारी सुस्त चलाए दुर्घटनाको जोखिम कम हुने सन्देश दिन यस्तो प्रतियोगीता आयोजना गरिएको खड्काले बताए ।
यस वर्ष पनि डेढ सय मानिसले प्रतियोगितामा भाग लिनसक्ने अनुमान क्लबले गरेको छ । प्रत्येक वर्ष निकै उत्साहका साथ प्रतियोगितामा सहभागीले भाग लिदै आएका क्लबले जनाएको छ ।
यसवर्ष सुस्त मोटरसाइकल चलाएर प्रथम हुने ब्यक्तिलाई २२ हजार ५ सय ५०,दोश्रो हुने प्रतियोगिलाई १० हजार ५ सय ५५ र तृतीय हुने प्रतिस्पर्धिलाई ५ हजार ५ सय ५५ पुरस्कारको ब्यबस्था गरिएको क्लबका अध्यक्ष खड्काले बताए ।
क्लबले चाडपर्वको समय बर्दिवासका विभिन्न ठाउँमा पिङ बनाउने, खेलकुदका गतिविधि गर्ने र विभिन्न सामाजिक काममा समेत सहभागीता जनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved