Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासमा प्रशासनले गर्‍यो बजार अनुगमन : पाँच पसललाइ जरिवाना,व्यवसायीलाई सचेतना

१३ आश्विन २०८०, शनिबार १५:०८

टच समाचारदाता

महोत्तरीको बर्दिवासमा प्रशासनले बजार अनुगमन गरको छ । शनिबार बजार क्षेत्रका खाध्यन्न पसलहरुमा अनुगमन गरेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । आउँदै गरेको चाडपर्व लक्षित गरि बर्दिवासमा संचालित साना तथा ठुला खाध्यन्न पसलमा अनुगमन गर्दा अधिकांस पसलमा त्रुटि भेटिएको प्रशासन कार्यालय बर्दिवासका कार्यालय प्रमुख सुनिल पौडेलले जानकारी दिए ।

इलाका प्रशासन कार्यालय, करदाता सेवा कार्यालय बर्दिवास ,बर्दिवास नगरपालिका, प्रहरी,उद्योग वाणिज्य संघका प्रतिनिधि,राष्ट्रिय उपभोक्ता मंचका प्रतिनिधि र पत्रकार लगायतको उपस्थितीमा अनुगमन गरिएको पौडेलले बताए । चाडपर्व नजिकिदै गर्दा उपभोक्तालाई खाध्यन्न खरिदमा पर्नसक्ने मारलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा खाता, विल विजक कारोबार स्थलमा नभएको,इजाजत विना सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्रि वितरण गरेको,प्यान विल नकाटेर स्टीमेट विल काटेको,म्याद गुज्रिएका सामानहरु फेला पारिएको प्रशासन प्रमुख पौडेलले बताए । बजारक्षेत्रको कमलेस कस्मेटिक,चुरौटे मासु पसल,काफ्ले किराना,मनिष जेनेरल स्टोर,एसके कोल्ड स्टोर,नाइन्टी नाइन किराना,घर संसार,महतो किराना पसल,मेट्रो मार्ट, निर्मल बाबा खाध्यन्न लगायतका पसलमा टोलिले अनुगमन गरेको छ ।

अनुगमन गर्दा बढिनै त्रुटि भेटिएका ५ पसललाई जरिवाना समेत गरेको प्रशासनले जनाएको छ । जरिवानामा पर्ने पसलहरुमा निर्मल बाबा खाद्यन्न भण्डारलाई १० हजार,मेट्रो मार्टलाई ५ हजार,मनिष जेनेरल स्टोरलाई १० हजार,एसके कोल्ड स्टोरलाई १० हजार र काफ्ले किराना एण्ड दुध डेरीलाई ५ हजार जरिवाना गरिएको प्रशासन प्रमुख पौडेलले बताए । अन्य पसलहरुमा पनि भेटिएका त्रुटि सच्याउन र कागजपत्र चुस्त राख्दै म्याद गुज्रिएका सामान बिक्री नगर्न सचेत गराइएको पौडेलले बताए ।

कागजपत्र चुस्त नभएका,करमा दर्ता र नविकरण नभएका, नगरपालिकामा दर्ता नभएकालाई दर्ता र नविकरण हुन अनुरोध गरिएको र जरिवानामा परेका पसलाई करदाता सेवा कार्यालयको खातामा जरिवाना दाखिला गर्न पत्र काटिएको करदाता सेवा कार्यालय बर्दिवासका प्रमुख रवी श्रेष्ठले जानकारी दिए ।

विभिन्न पसलबाट जफत गरिएका बिस्कुट,मसला,चाउमीन,सस,चुक अमिलो, रियल जुस लगायतका म्याद गुज्रिएका सामान शनिवारनै प्रहरी प्रशासन र सम्बन्धित व्यक्तिहरुको रोहबरमा नष्ट गरिएको इलाका प्रशासन प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved