Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

महोत्तरीको मटिहानिमा ११० फिटको राष्ट्रिय झन्डा अनावरण

१६ श्रावण २०८०, मंगलवार १४:५१

टच संवाददाता
महोत्तरी
महोत्तरीको मटिहानिमा १ सय १० फिटको राष्ट्रिय झण्डाको अनावरण गरिएको छ । मटिहानी ७ स्थित तस्मैया बाबा उधानमा मटिहानी नगरपालिकाको १२ लाख ५० हजार लगानिमा जडान गरिएको झण्डाको मंगलबार उपराष्टपति रामसहाय प्रसाद यादबले एक कार्यक्रमबीच अनावरण गरेका छन् । राष्ट्रिय झण्डा समुदघाटनका लागि मटिहानी पुगेका उपराष्ट्रपति यादबले पौराणिक, साँस्कृतिक तथा धार्मिक महत्त्व बोकेको मटिहानिका विभिन्न धार्मिक तथा पौराणिक क्षेत्रको अवलोकन गरेका छन् ।
यादवले मटिहानी नगरपालिकाको लक्ष्मिनारायण मठको दर्शन,लक्ष्मिसागर पोखरीमा आरती,नेपालको पुरानो राजकिय संस्कृत माविको निरिक्षण र रुद्राअभिषेक ग्रहण,पिरबाबा मजारको दर्शन गरी राष्ट्रिय झण्डाको अनावरण गरेका मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । वि. सं. १७५० मा सन्त बाबा तस्मैया मटिहानी आएका र मटिहानीलाई धार्मिक र ऎतिहासिक स्थल बनाउँन महत्त्वपूर्ण भुमिका निभाएको भन्दै बाबा तस्मैयाको नाममा मटिहानिले तस्मैया उधान निर्माण गरेको जनाएको छ ।

मटिहानी नगरपालिकाले तस्मैया उधानका लागि ५ करोड रकम बिनियोजन गरेको मटिहानी नगरपालिकाका इन्जिनियर बिमलेश साहले जानकारी दिए । अहिलेसम्म उधान निर्माण र झण्डा जडानमा नगरको १ करोड १० लाख खर्छ भएको साहले बताए ।
दक्षिणमा २ सय मिटरमा भारतिय सिमाना रहेको मटिहानिमा १ सय १० मिटर अग्लो झण्डा उद्घाटनसंगै नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा मटिहानिले अनावरण गरेको मेयर मण्डलले दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved