Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

नेविसंघ महोत्तरीमा विवाद

११ फाल्गुन २०७९, बिहीबार १२:३०

राधाकृष्ण शर्मा
महोत्तरी
नेपाल विद्यार्थि संघ (नेविसंघ)महोत्तरीमा विवाद देखिएको छ । संघका विद्यार्थिहरुसंग छलफलनै नगरि पार्टिका नेताहरुले अध्यक्षमा सुनिल सुमनको नाम केन्द्रमा पठाएको र केन्द्रले सुमनलाई अध्यक्ष तोकिदिएको भन्दै जिल्लामा विवाद सुरु भएको हो ।
केन्द्रबाट अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि महोत्तरीबाट सुमनको नाम मात्रै केन्द्रमा सिफारिस भएको थियो । एक विज्ञप्ती सार्वजनिक गर्दै नेविसंघका केन्द्रिय सदस्य विजय रायसहितका विद्यार्थि नेताले जिल्ला र केन्द्रले गरेको निर्णय तत्काल सच्याउन पर्ने माग राखेको छ ।
स्ववियु निर्वाचन नजिकिदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुई क्याम्पसमा हुने निर्वाचनमा समेत असर पर्ने देखिएको विद्यार्थि नेताहरुले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

बुधबार २३ जना विद्यार्थि नेताले सामुहिक रुपमा विज्ञप्तीमा हस्ताक्षर गर्दै जिल्ला र केन्द्रले गरेको निर्णयले नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमामा चोट पुगेको बताएका छन् । साथै विद्यार्थि नेताहरुले जिल्ला र केन्द्रले आफ्नो निर्णय तत्काल नसच्याए अर्काे नेतृत्व चयन गरेर अघि बढ्न सक्ने चेतावनी समेत दिएका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्र यादवले भने जिल्लामा छलफल गरेरै सुमनको नाम केन्द्रमा पठाएको दावी गरे । सुमनको नाम विधिवत् रुपमै केन्द्रमा पठाएकाले विद्यार्थिहरुको असन्तुष्टि के विषयमा भन्ने बारे आफुले नबुझेको यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved