बर्दिबास, महोत्तरी
बर्दिबास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा साधारण सभाको सम्पन्न भएको छ ।
शहकारी संस्थाका साधारण सदस्यहरूलाई सम्मान गर्दै सभाले उत्कृष्ट कारोबार गर्ने सदस्य, बाल बचतकर्ता तथा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । साथै, शेयर सदस्यका जेहेन्दार छोराछोरीलाई जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।
संस्थाका मुख्य व्यवस्थापक रमेशबहादुर सिंहले संस्थाको वित्तीय अवस्था, चुनौती, अवसर तथा सहकारीसम्बन्धी नयाँ नियमबारे जानकारी गराउँदै पारदर्शिता, दिगोपना र सदस्यको विश्वासलाई संस्थाको मुख्य पुँजी भन्दै विशेष प्रस्तुती राखेका थिए ।
१५ वर्षदेखि सदस्यलाई सेवा दिँदै आएको संस्थाले आगामी दिनमा प्रविधिमैत्री र सदस्यमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।




















