यही मिति २०८३ साल असोज १६ गते शुक्रबारको दिन जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास -३ , महोत्तरीको ३६ ओैँ नियमित साहित्य शृङ्खला यस मञ्चकी अध्यक्ष ईशा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस मञ्चकी सचिव श्रेया कर्णले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थिति सम्पूर्णलाई उपाध्यक्ष कृष्ण पौडेलले स्वागत मन्तव्य राखेका थिए । यसैगरी अतिथि शिक्षक द्वय दिपेन्द्र न्यौपाने र रामचन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्य राख्दै अतिथिहरुले विद्यालय तहमा साहित्यिक क्लब स्थापना गरीब विद्यार्थीहरूमा साहित्यप्रति सहभागी गराउँदै असल नागरिक बनाउने कार्य आफैमा महान् हो र यसलाई सिर्जना निर्माणको प्लेटफमको रुपमा प्रयोग गर्दै अगाडि बढ्न समेत सुझाव राखेका थिए ।
![]()
उक्त कार्यक्रममा विभिन्न लयका कविता ,गीत र मुक्तक वाचन गरिएका थिए । वाचन गर्नेहरूमा लेखनाथ श्रेष्ठ , कृष्ण प्रसाद पौडेल , शुभेच्छा घिमिरे , सृष्टि वराल , मुस्कान थिङ , सुरुचि चौधरी , रिसिका कार्की , श्रेया कर्ण , अमिसा माझी , ईशा काफ्ले , रामनाथ महतो , जेशिका कार्की , प्रेम कुशवाह , रोहित यादव , प्रविण साह लगायतले वाचन गरेका थिए । कार्यक्रममा साहित्य अनुरागी विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष ईशा काफ्लेले मञ्चको माथिल्लो सदनले आयोजना गरेको मञ्चको ३६ ओैँ शृङ्खलामा उपस्थिति अतिथि ,मञ्चका सम्पूर्ण पदाधिकारी लगायत उपस्थितिलाई हार्दिक आभार व्यक्त गरेकी थिइन् । यसैगरी आगामी दिनमा यस्तै साथसहयोग रहनेमा विश्वस्त छु भनेकी छिन् । विद्यालयले विद्यार्थीमा साहित्यप्रति रुचि जगाउने उदेश्यले स्थापना गरिएको साहित्य मञ्चले आज ३६ ओैँ अङ्क सञ्चालन गर्न पाएकोमा हामी धन्य छौँ भन्ने कुरा व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।


















