Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

२४ भाद्र २०८३, बुधबार १९:०३

जीवनराज दाहाल (बर्दिबास) – महोत्तरीको बर्दिबास बोर्डिङ स्कुलले नुवाकोट लगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि राहत अभियान सञ्चालन गरी रु. १ लाख २ हजार संकलन गरेको छ ।

विद्यालयले संकलित रकममध्ये रु. ५१ हजार प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको जनाएको छ भने बाँकी रु. ५१ हजार बराबरको कपडा, चप्पल, टर्च, बाल्टिन लगायतका राहत सामग्री नुवाकोटको विदुर नगरपालिकाका बाढीपीडितलाई वितरण गरिएको छ ।

विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सहभागितामा सञ्चालन गरिएको उक्त सहयोग अभियानमार्फत विपद्मा परेका परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको विद्यालयले जनाएको छ । विद्यालयले आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved