Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

१५ भाद्र २०८३, सोमबार १६:१४

बर्दिवास, विपद्का बेला सानो सहयोगले पनि ठूलो अर्थ राख्छ भन्ने उदाहरण बर्दिवासका विद्यार्थीहरूले प्रस्तुत गरेका छन्। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि बर्दिवासस्थित सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचाएर आर्थिक सहयोग गरेका छन्।

विद्यार्थीहरूले खाजा खानका लागि अभिभावकबाट पाउने रकममध्ये केही बचत गर्दै बाढीपीडितका लागि ११ हजार ८१५ रुपैयाँ संकलन गरेका हुन्। संकलित रकम विपद्बाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उपलब्ध गराएको बिधालयले जनाएको छ ।

विद्यालयका विद्यार्थी मात्रै नभई शिक्षक तथा कर्मचारीसमेत राहत अभियानमा सहभागी भएका छन्। विद्यालय परिवारको संयुक्त प्रयासबाट ६५ हजार ८४८ रुपैयाँ संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाप्रति विद्यार्थीलाई सचेत गराउने उद्देश्यले सहयोग अभियानमा सहभागी गराइएको विद्यालयको भनाइ छ।

भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि देशका विभिन्न क्षेत्रबाट प्रभावितका लागि राहत तथा सहयोग जुटाउने क्रम जारी छ। यही अभियानमा विद्यार्थीले आफ्नो दैनिक खर्चबाट रकम बचाएर गरेको सहयोगले विपद्का बेला सामाजिक एकता र मानवीय सहयोगको भावना बलियो बनाउन प्रेरणा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

ताजा अपडेट
  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

© 2026: Touch Khabar All Rights Reserved