Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

१५ भाद्र २०८३, सोमबार १५:४१

मधेश प्रदेश । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेशका होटल व्यवसायीहरूले १० लाख ७९ हजार २११ रुपैयाँ सहयोग गरेका छन्।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशको पहलमा सञ्चालन गरिएको सहयोग अभियानमार्फत संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ।

बाढीपीडितलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा मधेश प्रदेशका विभिन्न होटल व्यवसायी तथा होटल संघहरूको सहभागिता रहेको छ।

अभियानमा विश्वा होटल पर्साले ५ लाख रुपैयाँ सहयोग गरेको छ। गौतम होटल लालगढले १ लाख ५१ हजार, महोत्तरी होटल संघले १ लाख, सुजाता होटल सर्लाहीले १ लाख, होटल हङ्सराज धनुषाले १ लाख १० हजार, होटल वेलकम जनकपुरले ५१ हजार, गोल्डेन ब्याङ्क्वेट चन्द्रपुरले ५ हजार १००, राजु होटल धनुषाले ५१ हजार तथा नमस्कार होटल सर्लाहीले ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

महासंघले विपत्तिको समयमा व्यवसायभन्दा माथि उठेर मानवीय दायित्व निर्वाह गर्नुपर्ने बताएको छ। सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपत्तिमा परेका नागरिकप्रति देखाइएको संवेदना, एकता र सहकार्य महत्वपूर्ण रहेको महासंघको भनाइ छ।

महासंघका अनुसार बाढीबाट प्रभावित परिवारका लागि राज्य तथा विभिन्न संघसंस्थाबाट राहत तथा उद्धारका प्रयास भइरहेका बेला होटल व्यवसायीको सहयोगले ती प्रयासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

महासंघले अभियानलाई निरन्तरता दिँदै मधेश प्रदेशका थप होटल तथा पर्यटन व्यवसायीलाई आफ्नो क्षमताअनुसार सहयोगमा सहभागी हुन आग्रह गरेको छ। साथै सहयोग गर्ने सम्पूर्ण होटल व्यवसायी, होटल संघ तथा सहयोगी संस्थाप्रति महासंघले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

ताजा अपडेट
  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

© 2026: Touch Khabar All Rights Reserved