Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

४ असार २०८३, बिहीबार १४:२९

उनले भने, “प्रकोप व्यवस्थापनलाई प्रभावकारी बनाउन म दृढ संकल्पका साथ आएको छु। विगतमा प्राकृतिक विपत्तिले हामीलाई ठूलो क्षति र पीडा दिएको थियो। यसपालि त्यस्ता प्रकोपलाई कमजोर नठानी, त्यसको सामना गर्न र प्रभावकारी प्रतिक्रिया दिन विशेष तयारीका साथ अघि बढ्ने मेरो योजना छ।”

बर्दिबास
4 असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर व्यापक पूर्वतयारी गरिरहेको बताएका छन्। उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गरिने जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले औपचारिक निरीक्षणभन्दा नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार र राहत कार्यलाई केन्द्रमा राखेर काम गरिने बताए। सम्भावित संकटको अवस्थामा तत्काल प्रतिक्रिया जनाउन सक्ने गरी आवश्यक संयन्त्र तयार पारिएको उनको भनाइ थियो।

उनले विपद् व्यवस्थापनका क्षेत्रमा अघिल्ला सरकारले गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति सरकारले लिएको बताए।

‘विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रो छ। सोहीअनुसार सुरक्षा निकायलाई परिचालन गरिएको छ र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ,’ उनले भने, ‘यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेका छौं।’

मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग तथा निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

उनका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरणको अवस्थाबारे तत्काल जानकारी दिने विशेष डिजिटल प्रणाली विकास गरिएको छ। उक्त प्रणालीमार्फत कुनै क्षेत्रमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण पहिचान गरी तत्काल परिचालन गर्न सकिनेछ।

‘राइड सेयरिङ एपले नजिकका सवारीसाधन देखाएजस्तै यो प्रणालीले डोजर र उपकरण कहाँ छन् भन्ने जानकारी दिन्छ,’ उनले भने, ‘कुनै क्षेत्रमा तत्काल प्रतिक्रिया आवश्यक परे नजिकको उपकरण परिचालन गरेर सडक खुलाउन सकिन्छ।’

गृहमन्त्री गुरुङले विगतका प्राकृतिक विपद्बाट प्राप्त अनुभवका आधारमा यसपटक अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘पहिले प्रकोपले हामीलाई ठूलो क्षति पुर्‍याएको थियो। त्यस अनुभवबाट सिक्दै यसपटक विपद्को सामना गर्न थप तयारी र प्रभावकारी प्रतिकार्यमा केन्द्रित भएका छौं,’ उनले भने।

उनले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको जानकारी दिँदै विपद्को समयमा राज्यका सबै संयन्त्र नागरिकको सुरक्षाका लागि परिचालित हुने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ट्राफिक जनचेतना अभिवृद्धिका लागि सप्ताहब्यापी अभियान

श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक रोकियो

सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धतासहित पीठाधीश हुमागाईंको पशुपति विकास कोषको सदस्य सचिवमा आवेदन

ताजा अपडेट
  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

  • ट्राफिक जनचेतना अभिवृद्धिका लागि सप्ताहब्यापी अभियान

  • श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक रोकियो

© 2026: Touch Khabar All Rights Reserved