Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

ट्राफिक जनचेतना अभिवृद्धिका लागि सप्ताहब्यापी अभियान

३ असार २०८३, बुधबार १५:३८

बर्दिबास,महोत्तरी
३ असार
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सडक सुरक्षा तथा ट्राफिक नियम पालनाको संस्कार विकास गर्ने उद्देश्यले ट्राफिक जनचेतनामूलक सप्ताह सुरु गरेको छ ।
असार ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा विद्यालय, क्याम्पस, सरकारी तथा गैरसरकारी निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई लक्षित गरी विविध कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी प्रमुख बाबुराम कार्किले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत विद्यालय तथा क्याम्पसहरूमा ट्राफिक सचेतना कक्षा, चालक तथा सहचालकसँग अन्तरक्रिया, बजार क्षेत्र र चोकहरूमा जनचेतनामूलक सन्देश प्रवाह, पर्चा–पम्पलेट वितरण, सवारी साधनमा ट्राफिक सचेतनामूलक स्टिकर टाँस्ने लगायतका गतिविधि सञ्चालन गर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अभियानमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य कार्यालय, रेडक्रस, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाको समेत सहभागिता रहनेछ।

कार्यकका प्रमुख अतिथि बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले सडक सुरक्षामा पहिलो नागरीकनै सचेत हुन जरुरी रहेको भन्दै अभियान प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

अभियान अवधिभर एफ.एम. रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत पनि ट्राफिक सचेतना सम्बन्धी सन्देश प्रसारण गरिने योजना रहेको छ। साथै यात्रु, चालक, विद्यार्थी तथा पैदल यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न प्रेरित गरिने जनाइएको छ । सप्ताहब्यापी कार्यक्रम को उदघाटन कार्यक्रममा बोल्दै विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिले दुर्घटना न्यूनीकरण, सुरक्षित यात्राको सुनिश्चितता तथा जिम्मेवार सडक प्रयोगकर्ताको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन ।

अभियानमा सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि समेत ट्राफिक रहरीले आग्रह गरेको छ ।
बर्दिबास बजार प्रभातफेरी पछि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा सरोकारवाला यातायात ब्यबसायी तथा सडक सुरक्षामा काम गर्ने ब्यक्ति तथा संस्थालाइ ट्राफिक प्रहरी कार्यालयले सम्मान समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved