Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक रोकियो

३ असार २०८३, बुधबार १५:०७

श्रम संस्कृति पार्टीको निरन्तर विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयगत शीर्षकहरूमा छलफल भइरहेको थियो। छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका थिए।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग गर्ने प्रयास गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले उनलाई नियमअनुसार रोक लगाए।

त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक कक्षको वेल घेराउ गर्दै विरोध जनाए। स्थिति नियन्त्रणमा ल्याउन सभामुख अर्यालले सांसदहरूलाई आफ्नो संसदीय कर्तव्य पालना गर्न आग्रह गरे।

‘सभामुखको आदेशको पालना गर्नु सबै माननीय सदस्यहरूको दायित्व हो। श्रम संस्कृति पार्टीका सबै माननीय सदस्यहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न सचेत गराउँछु,’ सभामुख अर्यालले भने।

सभामुखले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा फर्किन आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक स्थगित गर्नुपरेको थियो।

सभामुख अर्यालका अनुसार प्रतिनिधिसभा बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved