Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

१ जेष्ठ २०८३, शुक्रबार २१:२०

महोत्तरी, जेष्ठ १ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासलाई ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले ४ थान कन्भेक्स मिरर र ८ थान ट्राफिक कोन हस्तान्तरण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा आयोजित कार्यक्रममा बैंकको बर्दिबास शाखाका शाखा प्रबन्धक सुरज देवकोटाले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा मोहन राज गिरी तथा बाबुराम कार्कीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मोहन राज गिरीले बैंकले वित्तीय सेवा मात्र नभई समाजप्रति आफ्नो दायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता सामग्री उपयोगी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

त्यसैगरी, शाखा प्रबन्धक सुरज देवकोटाले ट्राफिक व्यवस्थापनलाई थप सहज र सुरक्षित बनाउन कन्भेक्स मिरर तथा ट्राफिक कोनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले बढ्दो सवारी चापसँगै ट्राफिक सचेतनाको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै ट्राफिक नियमको पालना र सडक सुरक्षाप्रति सबै नागरिक सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका इन्चार्ज बाबुराम कार्कीले बैंकले उपलब्ध गराएको सामग्री ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा उपयोगी हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धतासहित पीठाधीश हुमागाईंको पशुपति विकास कोषको सदस्य सचिवमा आवेदन

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धतासहित पीठाधीश हुमागाईंको पशुपति विकास कोषको सदस्य सचिवमा आवेदन

  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

© 2026: Touch Khabar All Rights Reserved