Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

३१ बैशाख २०८३, बिहीबार २१:०१

बर्दिबास, महोत्तरी : ३१ बैशाख ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बर्दिवासको आयोजनामा दुई दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ग्राहक सदस्यहरूको सीप, क्षमता र आर्थिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले यही २०८३ वैशाख ३० र ३१ गते उक्त तालिम सञ्चालन गरेको हो । परम्परागत कृषि प्रणालीलाई विस्थापित गरी आधुनिक तरिकाले उत्पादन बढाउन टेवा पुर्‍याउने लक्ष्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक श्री झविलाल लामिछानेले गर्नुभएको थियो ।

तालिममा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका उप-प्राध्यापक श्री उमेश तिमिल्सिनाले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म चलेको उक्त कार्यक्रमको पहिलो दिन टमाटर खेती र दोस्रो दिन पर्बल खेती सम्बन्धी विशेष प्रशिक्षण दिइएको थियो । प्रशिक्षक तिमिल्सिनाले बिउ विजन छान्ने र बेर्ना सार्ने सही तरिका, गोडमेल, सिँचाइ व्यवस्थापन, मलको उचित प्रयोग र आधुनिक प्रविधिको प्रयोगबारे जानकारी गराउनुभएको थियो । साथै, खेतीमा लाग्ने रोग तथा हानिकारक किराहरूको रोकथामका लागि सुरुमा अर्गानिक औषधिको प्रयोग गर्ने र त्यसबाट नियन्त्रण नभएमा मात्र अन्त्यमा रासायनिक औषधिको प्रयोग गर्ने विषयमा उहाँले कृषकहरूलाई सचेत गराउनुभयो । उहाँले मौसमी तथा बेमौसमी समयमा गर्न सकिने विभिन्न खेतीका तरिकाहरूबारे पनि स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बर्दिवास नगरपालिका वडा नं. ५ का वडाध्यक्ष श्री काहरमान स्याङ्तान प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले तालिममा सिकेका विषयवस्तुहरूलाई व्यवहारमा उतार्दै तरकारी खेतीबाट बढीभन्दा बढी प्रतिफल लिन र समुदायका अन्य व्यक्तिहरूलाई पनि यसबारे सिकाउन सहभागीहरूलाई सुझाव दिनुभयो । त्यस्तै, विशेष अतिथिको रूपमा वडा नं. ५ की सदस्य श्री गीता कुमारी र स्वावलम्बन लघुवित्तका इलाका कार्यालय बर्दिवासका प्रमुख श्री सुरेन्द्र कार्कीको उपस्थिति रहेको थियो । प्रमुख कार्कीले तालिमको सिकाइलाई खेतीमा प्रयोग गरेर आर्थिक रूपमा सबल बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । ३५ जना ग्राहक सदस्यहरूको सहभागिता रहेको उक्त तालिममा शाखाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

ताजा अपडेट
  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

© 2026: Touch Khabar All Rights Reserved