Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

२६ चैत्र २०८२, बिहीबार १९:२५

नेपाल नगरपालिका संघ को ३३औँ वार्षिक उत्सवको अवसरमा मटिहानी नगरपालिकालाई सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सामाजिक विकास तर्फ उत्कृष्ट नगरपालिका सम्मानबाट सम्मानित गरिएको छ । काठमाडौँमा आयोजित संघको वार्षिक उत्सव विशेष समारोहमा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डललाई उक्त सम्मान प्रदान गरेछन ।
कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले मटिहानी नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा प्रभावकारी काम गरेकोले उक्त सम्मान प्रदान गरिएको बताए । उनले स्थानीय तहले समुदायमै केन्द्रित सेवा र कार्यक्रम मार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे ।
संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहहरूमध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने ७ वटा पालिकाहरूलाई यस वर्ष पुरस्कृत गरेको हो। सोहि अन्तर्गत सामाजिक विकासतर्फ मटिहानी नगरपालिका,सहरी योजना तथा पूर्वाधार विकासतर्फ पोखरा महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाले पुरस्कार प्राप्त गरेका छन् भने वातावरण, संस्कृति तथा पर्यटन क्षेत्रमा गोदावरी नगरपालिका र इलाम नगरपालिका पुरस्कृत गरिएको छ । यता स्थानीय आर्थिक विकासतर्फ मन्थली नगरपालिका (रामेछाप) लाई पुरस्कृत गरिएको छ। यसैगरी संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन तर्फ हलेसी तुवाचुङ नगरपालिकालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार प्रदान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

कार्यालय समय कडाइ : ढिलासुस्ती गर्नेलाई सतर्कता केन्द्रमार्फत कारबाही चेतावनी

बालेन प्रधानमन्त्री नियुक्त

ताजा अपडेट
  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

  • कार्यालय समय कडाइ : ढिलासुस्ती गर्नेलाई सतर्कता केन्द्रमार्फत कारबाही चेतावनी

© 2026: Touch Khabar All Rights Reserved