महोत्तरी, बर्दिबास — बर्दिबास उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा दिपक बहादुर कार्की नेतृत्वको (डमरु चिन्ह) प्यानलले शानदार जित हासिल गरेको छ। अधिकांश पदमा उच्च मतान्तरसहित विजयी हुँदै कार्की प्यानलले “क्लिन स्वीप” गरेको हो।
अध्यक्ष पदमा दिपक बहादुर कार्की ८२८ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी उत्तम कुमार श्रेष्ठले ५५७ मत प्राप्त गरे।
प्रथम उपाध्यक्षमा रंजित राज ढुंगाना ८४९ मतसहित विजयी भए भने नारायण कुमार घिमिरेले ५०४ मत पाए।
द्वितीय उपाध्यक्षमा रामनाथ साह ७४३ मतसहित विजयी हुँदा उमेश कुमार महतोले ६०१ मत प्राप्त गरे। महिला उपाध्यक्षमा ज्ञानु बलम्पाकी आले ७६९ मतसहित विजयी भइन् भने देव कुमारी पौडेलले ५५९ मत पाइन्।
महासचिवमा केदार गौतम ८१७ मतसहित विजयी भए भने शैलेश दाहाल ५३६ मतमा सीमित भए। कोषाध्यक्षमा सुरेन्द्र राज लामा ७२९ मतसहित विजयी हुँदा सुरज खड्काले ६२० मत प्राप्त गरे।
सचिव पदमा रिमनाथ अधिकारी ७०० मतसहित विजयी भए भने यादव प्रसाद पोखरेलले ६३० मत पाए। सह–कोषाध्यक्ष (महिला) पदमा संगम कुमारी आले ८२९ मतसहित विजयी हुँदा बिष्णु लामाले ४९० मत प्राप्त गरिन्।
महिला सदस्यतर्फ चार पदमा संगीता यादव (७४६), सुनिता कुमारी साह (७३४), रेणु कुमारी पाँचे (७५५) र तृष्णा श्रेष्ठ (७६९) विजयी भए।
त्यस्तै पुरुष सदस्यतर्फ पाँच पदमा राम एकवाल महतो (७४९), प्रज्जवल बस्नेत (७९६), नसिफ नदाफ (६८७), वीर बहादुर पौडेल (७५३) र जुक बहादुर समाल (६९३) विजयी भएका छन्।
चैत्र २४ गते सम्पन्न उक्त निर्वाचनमा व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विजयी प्यानलले परिवर्तनमुखी व्यवसाय, पारदर्शिता र व्यवसायीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अध्यक्षमा निर्वाचित दिपक बहादुर कार्कीले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै बर्दिबासको व्यापारिक वातावरण सुधार, नयाँ अवसर सिर्जना तथा व्यवसायी एकता मजबुत बनाउने दिशामा आफ्नो टोली समर्पित हुने बताए।


















