Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

कार्यालय समय कडाइ : ढिलासुस्ती गर्नेलाई सतर्कता केन्द्रमार्फत कारबाही चेतावनी

१६ चैत्र २०८२, सोमबार ११:४१

चैत १६ गते ।
सरकारले कार्यालय समय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कडाइ गर्ने भएको छ। भोलिदेखि लागू हुनेगरी सबै सरकारी कर्मचारीहरूलाई बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाजमा कटिबद्ध हुन निर्देशन दिइएको छ।
नयाँ व्यवस्था अनुसार खाजाको नाममा सेवा प्रवाह रोक्न पाइने छैन। कार्यालयको काम निरन्तर सञ्चालन हुने गरी सिफ्ट अनुसार खाजाको समय मिलाउनुपर्नेछ। यसअघि कतिपय कार्यालयहरूमा खाजा समयमा सेवाग्राहीले सेवा पाउन नसक्ने गुनासो बढेपछि यस्तो कडाइ गरिएको जनाइएको छ।
सरकारले कर्मचारीहरूको ढिलासुस्ती, आलटाल र गैरजिम्मेवार व्यवहारप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट संकेत दिएको छ। कुनै कर्मचारीले ‘ल्याङल्याङ’ गर्ने, काममा ढिलाइ गर्ने वा सेवाग्राहीलाई दुःख दिने कार्य गरेमा सिधै राष्ट्रिय सतर्कता केन्द्रमा सम्पर्क गर्न आह्वान गरिएको छ।
सतर्कता केन्द्रमार्फत प्राप्त उजुरीका आधारमा सम्बन्धित कर्मचारीमाथि तत्काल छानबिन गरी आवश्यक परे निलम्बनसम्मको कारबाही गरिने चेतावनी दिइएको छ। यसले सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्नुका साथै सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउने विश्वास गरिएको छ।
स्थानीय स्तरमा सेवाग्राहीहरूले लामो समयदेखि कर्मचारीको ढिलासुस्ती, अनावश्यक बहाना र सेवा लिन घण्टौं कुर्नुपर्ने समस्याबारे गुनासो गर्दै आएका थिए। नयाँ व्यवस्थाले यस्ता समस्यामा कमी आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved