Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

“शिक्षा केवल किताबको ज्ञान होइन” प्राचार्य लक्ष्मण गिरी

३ चैत्र २०८२, मंगलवार २१:२१

मधेश प्रदेशअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–६ मा अवस्थित स्वस्तिक पाठशालाका प्रधानाध्यापक लक्ष्मण गिरीले शिक्षा केवल पुस्तकमा सीमित नभई जीवनलाई सही दिशा दिने माध्यम भएको बताएका छन्। सञ्चारकर्मी जीवनराज दाहालसँगको संवादमा उनले शिक्षालाई पेशा मात्र नभई सेवा र उत्तरदायित्वका रूपमा लिने गरेको उल्लेख गरे।

उनका अनुसार विद्यालयको लक्ष्य राम्रो नतिजामात्र होइन, असल, जिम्मेवार र सक्षम नागरिक निर्माण गर्नु हो। स्वस्तिक पाठशालामा गुणस्तरीय शिक्षण, अनुशासन, चरित्र निर्माण तथा सिर्जनशील र व्यवहारिक शिक्षामा विशेष जोड दिइँदै आएको छ।

आगामी शैक्षिक सत्रका लागि विद्यालयले सीपमूलक तथा प्रयोगात्मक सिकाइ, प्रोजेक्ट आधारित अध्ययन, पठन संस्कृतिको विकास र AI Integrated तथा Blended Education जस्ता आधुनिक विधि अपनाउने योजना अघि सारेको छ। साथै विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा समेत ध्यान केन्द्रित गरिने उनले बताए।

प्राचार्य गिरीले नेतृत्व कुर्सीमा सीमित नहुने उल्लेख गर्दै कक्षाकोठा, खेलमैदान र अन्य गतिविधिमा प्रत्यक्ष सहभागितामार्फत वास्तविक सिकाइ बुझ्न सकिने बताए। विद्यालयको वातावरण सुधारका लागि सकारात्मकता, सहभागिता र अनुशासनलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे।

उनले सहकर्मी शिक्षक, व्यवस्थापन र अभिभावकको सहकार्यलाई विद्यालयको सफलताको मुख्य आधार मान्दै नयाँ शैक्षिक सत्रमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई हार्दिक स्वागतसमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved