Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

१६ फाल्गुन २०८२, शनिबार २१:२७

धनुषा, फागुन १६, २०८२ – गणेशमान चारनाथ नगरपालिका–५, सखुवनी, हरिहरेश्वर मन्दिर परिसरमा शनिबार कमला साहित्य कला समाज धनुषाद्वारा आयोजित साहित्य रचना वाचन तथा फागु पूर्णिमाको शुभकामना आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षतामा गणेश तिमल्सिना गति रहँदा, प्रमुख अतिथिहरूमा गौरीशङ्कर मिथिला वाङ्गमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे (अग्निकवज), सिस्नोपानी नेपाल बर्दिवासका अध्यक्ष नारद काफ्ले, ओमकार टेलिभिजनका प्रस्तोता जीवनराज दाहाल, राष्ट्रिय फूलकुमारी माविका प्र.अ. भानुभक्त गौतम र कमला एकादशी समूहका आमा दिदीबहिनीहरू उपस्थित थिए ।

उक्त अवसरमा अतिथिहरूलाई खादा र सम्मानपत्र प्रदान गर्दै कमला साहित्य कला समाजका ब्याच वितरण गरियो ।

कार्यक्रममा रचना वाचन गर्नेहरूमा समाजका सदस्य मुकेश यादव, किशोर, महेश महतो, सुमन अधिकारी, गोविन्द खड्का, साथै प्रमुख अतिथिहरू प्रेम घिमिरे, नारद काफ्ले, जीवनराज दाहालले आफ्ना रचनाहरू वाचन गरे । भजन गायनमा सुलेखा गिरि, विमला उपाध्याय, लिलामाया खड्का र अन्य सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको विशेष अंशमा अध्यक्ष गणेश तिमल्सिना गति र कोषाध्यक्ष गोविन्द खड्का द्वारा पत्रकार तथा साहित्यकार जीवनराज दाहाल लाई मुक्तक सङ्ग्रहको प्रचार–प्रसारमा गरेको योगदानको लागि सम्मानपत्र र गम्छा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्षले सम्पूर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो मुक्तक सङ्ग्रहका तीन रचना श्रवण गराएर चिया खाजासहित बिदाइ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

ताजा अपडेट
  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

© 2026: Touch Khabar All Rights Reserved