Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

२९ माघ २०८२, बुधबार १३:२२

बर्दिवास,माघ २८
नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गिरिराजमणि पोखरेलले दोस्रो चरणको जनभेटघाट कार्यक्रम सुरु गरेका छन्।
चुनावी परिचालन समितिका अनुसार बर्दिवास नगरपालिका–३ अन्तर्गतका सुदूर उत्तरी गाउँहरू राजाबास, मर्का र पर्सईधापबाट जनभेटघाट कार्यक्रमलाई औपचारिक रूपमा थालनी गरिएको हो।
आजबाट सुरुवात भएको भेटघाटका क्रममा स्थानीयवासीहरूले लामो समयदेखि अधुरो रहेका विकास कार्यको पूर्णता र स्थानीय समस्याको पहिचान तथा समाधान गर्न उम्मेदवार पोखरेलसँग आग्रह गरेका छन्।
विशेष गरी राजाबास जोड्ने पुल निर्माण र चुरे क्षेत्रमा दीर्घकालीन तथा महत्वाकांक्षी विकास योजना अघि सार्न उनीहरूले जोड दिएका छन्।

Oplus_131072


स्थानीयको मागप्रति गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै उम्मेदवार पोखरेलले ती विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। काम भए पनि जनसम्पर्क कमजोर भएको गुनासो बढ्दै गएकाले ‘जनतासँग संसद’ कार्यक्रम नै सुरु गरिएको उनको भनाइ छ।
समस्याको पहिचान गर्दै आधारभूत विकास कार्यलाई प्राथमिकता दिइने र स्पष्ट कार्ययोजना सहित युवालाई रोजगारीसँग जोड्ने पोखरेलले बताए। चुरे क्षेत्र पदयात्रा र पर्यटन विचरणका दृष्टिले समेत महत्वपूर्ण भएकाले दीर्घकालीन पर्यटन विकासका आधारहरू निर्माण गरिने उनको धारणा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

© 2026: Touch Khabar All Rights Reserved