Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

२४ माघ २०८२, शुक्रबार २०:०६

बर्दिवास, माघ २३, २०८२ – जनता माध्यमिक विद्यालय, गौरीडाँडामा आयोजित जनता साहित्यिक मञ्चको २२ औँ नियमित साहित्य शृङ्खला भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मञ्चकी अध्यक्ष शुभेच्छा घिमिरेले गर्नु भएको थियो भने प्रमुख आतिथ्य विद्यालयका प्रधानाध्यापक रामसकल महतोले गर्नु भएको थियो।

विद्यालयका शिक्षक दीक्षा काफ्लेले सञ्चालन गरेको कार्यक्रममा मञ्चकी सचिव श्रेया कर्णले प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णायक मण्डल, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।
कविता वाचन प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक पवित्रा फुयाँल, लक्ष्मी कार्की र रामचन्द्र पौडेल रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिमा पूर्व प्रा. नेत्र रम्तेल, सहायक प्रा. महेश ढुङ्गाना र सरिता कार्कीको उपस्थिति रहेको थियो। कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक प्रतियोगितामा भाग लिएका थिए।

प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा कक्षा ४, ५ र ६ का विद्यार्थी सहभागी भए भने दोस्रो चरणमा कक्षा ७–१० का विद्यार्थीबीच प्रतिस्पर्धा गरियो। पहिलो चरण शिक्षक निता भुजेलले सञ्चालन गरेकी थिइन् र निर्णायकमा पुष्पा बराल, सानु कार्की रायमाझी र बालानन्द भण्डारी रहेका थिए।

प्रतियोगितामा कक्षा ४ बाट प्रथम आयुषी साह, द्वितीय स्मृति श्रेष्ठ र तृतीय हिमांशु ढुङ्गाना, कक्षा ५ बाट प्रथम अनुराधा चौधरी, द्वितीय अर्चना साह र तृतीय जस्मन महतो, कक्षा ६ बाट प्रथम सिद्धार्थ साह, द्वितीय सोनु साह र तृतीय सत्यम पजियार रहेका छन्।

कक्षा ७–१० का विद्यार्थीबाट उत्कृष्ट वाचन गर्नेहरू कक्षागत रूपमा छनोट गरिएको थियो। कक्षा ७ बाट सन्ध्या रोका र स्मृति माली भण्डारी, कक्षा ८ बाट गरिमा परियार, जीबिका तामाङ र प्रणव गौतम, कक्षा ९ बाट समीक्षा भण्डारी, जेनिशा लामा र स्नेहा भण्डारी तथा कक्षा १० बाट श्रेया कर्ण, अनुकल्प शर्मा ढकाल र आमोद पोखरेल उत्कृष्ट वाचन गर्नेहरूका रूपमा चयन भए। प्रतियोगितामा सर्वश्रेष्ठ वाचनकर्ता कक्षा ८ की गरिमा परियार घोषित भएकी छिन्।

निर्णायक मण्डलका सदस्य रामचन्द्र पौडेलले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई धन्यवाद तथा विजेताहरुलाई बधाई दिँदै कार्यक्रम सफल भएकोमा हर्ष व्यक्त गरे। उत्कृष्ट वाचनकर्तालाई पूर्व प्रा. नेत्र रम्तेल, सहायक प्रा. महेश ढुङ्गाना र सरिता कार्कीले टीका तथा पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुभेच्छा घिमिरेले आयोजक मञ्च, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा आभार व्यक्त गर्दै शृङ्खला समापन गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

ताजा अपडेट
  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

  • बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

© 2026: Touch Khabar All Rights Reserved