Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

१६ कार्तिक २०८२, शनिबार १८:३५

बेमौसममा परेको निरन्तरको झरीले भित्राउन ठिक्क परेको किसानको धान बर्बाद बनाएको छ । पछिल्ला वर्षमा वे मौसममा झरी पर्ने घटना निरन्तर दोहोरिन थालेका छन् ।

सुनिता बराल
महोत्तरी
बर्दिबास–१२ का किसान अवदकिशोर महतो जमिन भाडामा लिएर खेती गर्छन् । त्यही उब्जनीबाट उनको एघार जनको परिवार पालिएको छ । उनले यस वर्ष बार्षिक ७५ हजार रुपिंया तिरेर भाडामा लिएको २ विघा खेतमा धान लगाए । “धान लगाउने वेलामा पानी नपरेपछि एक महिना ढिलो गरी धान लगाएं, । “धान भित्राउने अन्तिम तयारी गर्दागर्दै पानीले बर्बाद गर्‍यो,” उनले आफ्‌नो दुखेसो सुनाउँदै भने “दुख गरेर उब्जाएको धान पानीले बर्बाद बनायो ।”
धान काटेर सुकाएकै समय पानी पर्न थालेपछि धान खेतभन्दा केहि पर खाली चौडिमा उनले चिसै धान जम्मा गरेर राखेका छन् । त्रिपाल र बोराले छोपछाप पार्दे धान जोगाउन कोशिस गरिरहेका उनलाई हावासंगै आउने वर्षाले हैरान बनाएको छ । केहि अग्लो स्थान भनेर उनले धान जम्मा गरेको ठाउ“मा पनि वर्षाको पानी भरिएको छ । धान थुपारेकै वरपर पनि पानी जमेर स–सना पोखरीनै बनिसक्दा उनलाई धान जोगाउ थप सकस परेको छ । “रातभर पर्ने पनीले अझ छट्पट्टि हुन्छ, तीनदिनदेखि निन्द्रै परेको छैन”, उनले सुनाए ।
एकैपटक काटेको झण्डै १ विघा जग्गाको धान अव खेतमै उम्रिने होकी भन्ने चिन्ता उनलाई छ । वर्षेनी २ सय क्वीटल धान उत्पादन गर्दै आएका महतोले यसवर्ष खेत रोप्ने समयमा खडेरी परेपछि साउन महिनामा धान रोपेका थिए । एकातर्फ ढिलो रोपेर धान कम फलेको चिन्ता अर्को तर्फ धान भिœयाउने समय परेको पानीले धेरै समस्या भएको महतोले बताए ।
मध्यबर्खाको समय मधेसमा परेको खडेरीले प्रदेशका विभिन्न ठाउ“मा खानेपनी समेत प्रदेश सरकारले दमकलबाट वितरण गर्‍यो । बैशाख महिनामै सक्रिय भएको मनसुन असारमा सक्रिय नहु“दा मध्यबर्खामा मधेसलाई सरकारले सुख्खा क्षेत्र, संकटग्रस्त क्षेत्रनै घोषणा गर्‍यो । असारको अन्तिमसम्म रोपाई सकिने तराईमा असार बितिसक्दा समेत किसानले धान रोप्नै सकेका थिएनन् । धान रोप्ने बेला खडेरीले दुख पाएका किसानले धान थन्याक्याउने बेला बेमौसमी वर्षाले पुन दुख पाएका छन् ।

मनसुन बाहिरिएपछि मन्था आँधिको प्रभावले परेको पानीले महतो जस्तै धेरै किसानको धानलाई भित्राउने वेलामा पानीले असर गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत असोज २४ गते सरदर भन्दा ८ दिन ढिलो गरी मौसम नेपालबाट बाहिरिएको थियो । तर, मनसुन बाहिरिएको एक महीना नपुग्दै विकास भएको विभिन्न मनसुनी प्रणालीले गर्दा पुन बर्खाको झल्को दिने गरी देशभर वर्षा भइरहेको छ ।
नेपालमा करिब १३ लाख हेक्टर धान खेतीयोग्य जमिन छ । र, करिव ५० देखि ६० लाख टन धान फल्ने गर्दछ । गतवर्ष नेपालमा ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो ।
महोत्तरी जिल्लामा मात्र यस वर्ष खडेरीका कारण धानखेती योग्य जमिनको करिब एक चौथाई खेतमा धान रोेपिएन । कृषि ज्ञानकेन्द्रका अनुसार महोत्तरीमा यसवर्ष ३० हजार १ सय ३७ हेक्टर जग्गामा मात्रै रोपिएको धान विगतका वर्षहरुको तुलनामा एक चौथाई कम हो । यस अघिका वर्षहरुमा धान रोपाई हुने जग्गामा शसप्रतिशत रोपाई हुने गरेको भएपनि यसवर्ष ७५.३५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाई भएको ज्ञानकेन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।
त्यसैगरी औरही नगरपालिका १ कि नैनीकुमारीले अधिया गरेको १० का खेतको धान काटेर खेतमै सुकाएको बेला पानी परेपछि धान खेतबाट उठाउन सकेकी छैनन् । उत्पादन हुने धानको आधा धान बटैया बुझाएर आफ्‌नो भागमा परेको धानले आफ्‌नो वर्षभरीको अन्न जोहो गर्ने सपना सहित मेहनत गरेकी नैना अहिले आकाश हेर्दै पानी रोकिन्छकी भन्ने आशामा छिन् ।
भ्mाण्डै ७० हजार हेक्टर खेतियोग्य जग्गा रहेको महोत्तरीमा लगभग ३४ हजार हेक्टरमा मात्रै सि“चाई सुविधा छ । ३६ हजार हेक्टर जग्गामा खेति गर्ने किसान आकासे पानीको भरमा पर्नुपर्ने बाध्यताका कारण धान रोप्ने समय पानी नपरेपछि रोपाई घटेको थियो । “काटेर खेतमा राखेको धान ३ दिनसम्म भिज्यो भने उठाउन सकिदैन” र खेतमै उम्रिन थाल्छ । धान रोप्ने समय गत असारमा खडेरी परेकाले जिल्लामा झण्डै एक चौथाई रोपाई कम भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । खानेपानीको समेत हाहाकार भएपछि सि“चाई अभावमा किसानले समयमा धान रोप्न नपाएका ज्ञानकेन्द्रका प्रमुख यादवले बताए ।
अवदकिशोर महतो ४० वर्षदेखि खेती किसानीमा छन् । तर, पछिल्ला वर्षमा उनले फरक खालको अनुभुती गरेका छन् । त्यो हो– धान रोप्ने वेलामा पानी नआउने स्याहार्ने वेलामा वेसिजनको पानी परेर विगार्दिने । खेती किसानी गरेको विगत ४० वर्षयता पछिल्ला केहि वर्षदेखि धान रोप्न र भिœयाउन समस्या हुनेगरेको महतोले बताए । २ सय क्वीटन धान उत्पादन गर्ने गरेका महतोले धान बेचेरै ठेक्का रकम बुझाउने गरेका छन् । वर्षमा १ क्विटल धान बिक्रि गर्दै आफ्‌नो खर्चपानी जोगाड गर्छन । एक क्विटलको ४ हजारको दरले बिक्रि हुने धान यसवर्ष समयमै पानी नरोकिए आफ्‌नै परिवारमा खान पनि पुग्छ पुग्दैन भन्ने चिन्ता लाग्न थालेको महतोले बताए । “कति धान भिœयाउन पाहिने हो भन्ने थाहा छैन” उनले भने,“केहि धान काटेकै छैन,काटेको धान पानीबाट जोगाउन मुस्किल छ” । पानि नरोकिएसम्म नोक्सान कति हुन्छ भन्न नसकिने उनले बताए । अहिलेको बजार भाउले १० क्विटल नोक्सान हु“दा ४० हजार नोक्सान हुने उनले बताए ।
बंगालको खाडीमा बनेको मन्था आ“धि समुन्द्र सतह तातिएपछि बन्ने शक्ति समुन्द्र सतहस“ग जोडिएको बायुमण्डल हु“दै फैलिने क्रममा विभिन्न रुप लिदै“ नेपालसम्म पनि आइपुगेकाले अहिले वर्षा भएको जल तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।
बंगालको खाडीबाट आ“धि आन्ध्र प्रदेशको तटीय क्षेत्र हुदै नेपाल प्रवेश गरेकोले मनसुन बाहिरिएको समयमा पनि अहिले पानि परेको पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved