टच संवाददाता
महोत्तरी,असोज २५
महोत्तरीको बर्दिवासमा जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । असोज २९ देखि कार्तिक १ गतेसम्म मधेस प्रदेशका ३ जिल्ला धनुषा,महोत्तरी,सर्लाहि र वागमती प्रदेशको सिन्धुली जिल्लाविच भलिवल प्रतियोगिता हुने आयोजक गौरीवास युथ क्लबले जनाएको छ ।
चाडपर्व लक्षित गौरीडाँडा खुल्ला मञ्च तथा खेल मैदानको विकास गर्न प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ । 
चार जिल्लाका ८ वटा समुहले प्रतियोगितामा सहभागीता जनाउने खेल आयोजक समितिका संयोजक दिपक रायमाझीले जानकारी दिए । प्रथम पुरस्कार १ लाख १ हजार र ट्रफि, द्धितिय पुरस्कार ५१ हजार र ट्रफि राखिएको रायमाझीले बताए ।
खुल्लामञ्च तथा खेल मैदानको विकास संगै युवाहरुलाई खेलमा सहभागी गराएर सहि बाटोमा लगाउन समेत यो प्रतियोगिता गरिएको खुल्लामञ्च निर्माण समितिका संयोजक ललित बुढाथोकीले बताए ।
ठुलो राशीको खेल राखिएकाले खेलाडिहरुलाई खाजा पानिको मात्रै सुविधा राखिएको आयोजक समितिले जनाएको छ । सबै जिल्लामा खेल समुहलाई पत्र काटेर खेलको आवश्यक तयारीमा आयोजक समिति लागिसकेको रायमाझीले बताए ।
सार्वजनिक जग्गाको संरक्षण संगै निर्माण भएको खुल्लामंञ्चको विकास र प्रचारप्रसार नै खेल आयोजनको मुख्य लक्ष्य भएको आयोजकले बताएका छन् ।




















