Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

१४ भाद्र २०८२, शनिबार २०:५७

१४ भदौ, बर्दिवास (महोत्तरी)।
१८औं राष्ट्रिय पुस्तकालय दिवस २०८२ को अवसरमा शनिबार बर्दिवासस्थित देउराली माध्यमिक विद्यालयको सभाकक्षमा “पठनसंस्कृति प्रवर्द्धन : सम्भावना र चुनौती” शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल लाइब्रेरी फाउन्डेशन गृह पुस्तकालय अभियान मधेस प्रदेश समन्वय समितिको आयोजना र महोत्तरी जिल्ला समन्वय समितिको सहआयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक सरिता पोख्रेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने नगर संयोजक शान्ता काफ्लेले स्वागत मन्तव्य दिएकी थिइन् ।

मधेस प्रदेश समन्वय समितिका संयोजक प्रेमकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज सिरहाका अध्यक्ष गणेश अधिकारी, गृह पुस्तकालय अभियान धनुषाका संयोजक गणेश तिमल्सिना ‘गति’, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दाहाल, सिस्नुपानी नेपाल महोत्तरी अध्यक्ष नारद काफ्ले, बलेसी साहित्य समाज महोत्तरी अध्यक्ष भीम राउत, प्रलेस रौतहटका अध्यक्ष रामप्रसाद आचार्य, बर्दिवास साहित्यिक–सांस्कृतिक प्रतिष्ठान अध्यक्ष रामचन्द्र पौडेललगायत साहित्यकार, शिक्षक र पत्रकारहरूको सहभागिता रहेको थियो ।

वक्ताहरूले पुस्तक पढ्ने बानीलाई मानव जीवनका लागि अन्नसरह आवश्यक रहेको उल्लेख गर्दै पठन संस्कृतिले चेतना, विचार र सामाजिक व्यवहारमा महत्वपूर्ण प्रभाव पार्ने धारणा राखे । उनीहरूले विद्यालय, कलेज, विश्वविद्यालयदेखि सामुदायिक पुस्तकालयसम्म पठन अभिवृद्धि गर्ने वातावरण निर्माणमा राज्य, समाज र नागरिक सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बालबालिकामा पठनप्रतिको आकर्षण बढाउन “पढ्ने बानी, उज्यालो भविष्य” अभियान, विद्यालयमा ‘पढ्ने घण्टा’ सञ्चालन, पुस्तक समीक्षा प्रतियोगिता जस्ता गतिविधि प्रभावकारी हुने सुझाव प्रस्तुत गरियो । साथै, ई–बुक, डिजिटल पुस्तकालय र अनलाइन सामग्रीले नयाँ पुस्तामा पढ्ने संस्कृतिलाई नयाँ दिशा दिएको चर्चा गरियो ।

तर, सामाजिक सञ्जाल र छोटा भिडियो सामग्रीप्रतिको अत्यधिक मोह, गाउँघरमा पुस्तकालय र पुस्तकको कमी, पुस्तकको उच्च मूल्य, परीक्षा–केन्द्रित शिक्षा र सरकारी प्राथमिकतामा पठनलाई पर्याप्त स्थान नदिइएको जस्ता चुनौतीहरू समेत वक्ताहरूले उल्लेख गरे ।

सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटलगायत जिल्लाका शिक्षक, साहित्यकर्मी, गृह पुस्तकालय अभियन्ता, पुस्तकालय व्यवस्थापक तथा सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति रहेकाले कार्यक्रम प्रदेशस्तरीय संवादको रुपमा परिणत भएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved