Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

१४ भाद्र २०८२, शनिबार २०:१६

जीवनराज दाहाल, बर्दिवास, भाद्र १४ –
‘सबैका लागि हामी’ संस्थाले शनिबार बर्दिवासस्थित होटेल पावन मिथिलामा तेस्रो वार्षिक साधारणसभा तथा ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेश सापकोटाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने महासचिव विशाल दर्नालले संस्थाको स्थापना (२०७९) यता भएका गतिविधि र २०८१/८२ सालको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, सदस्य रोमन निरौलाले संस्था स्थानीय सरकारसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त साझेदारीको अपेक्षा व्यक्त गरे ।

सोही अवसरमा संस्थाको तीन वर्षे यात्रालाई प्रतिबिम्बित गर्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो । यस वर्षको ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमलाई प्रदान गरिएको हो । यसअघि पहिलो संस्करणमा समाजसेवी कृष्ण प्रसाद देवकोटा सम्मानित भएका थिए ।

सम्मान ग्रहण गर्दै गौतमले आफ्नो नेतृत्वकालीन गतिविधिको कदर गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै पर्यटन व्यवसायलाई अझ मजबुत बनाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रहरी नायब निरीक्षक सरोज अधिकारीले लागूऔषध नियन्त्रण सम्बन्धी अनुभव सुनाउँदै शुभकामना व्यक्त गरे भने रोट्याक्ट अध्यक्ष सरोज गजमेर, युवा नेता विनोद ढुङ्गेललगायतले पनि बधाई मन्तव्य राखेका थिए ।

प्रमुख अतिथिका रूपमा उपस्थित बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संस्थाले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै नगरपालिकाबाट निरन्तर सहयोग रहने आश्वासन दिए ।

कार्यक्रमको समापन संस्थाका अध्यक्ष रवि निरौलाले गरेका थिए । उनले समाज हितका कार्यक्रमलाई अझ प्रभावकारी र सबल बनाउन संस्था निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमलाई अनु खनालले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved