Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

३२ श्रावण २०८२, शनिबार ११:२६

पनौती, काभ्रे –
विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा आज एक ऐतिहासिक क्षणको साक्षी बन्न भक्तजनहरूको ठूलो भीड जुट्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट ६.५ केजी शुद्ध चाँदीले निर्मित पवित्र निशानीको अनावरण गरियो ।

पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईको संकल्पअनुसार “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” अन्तर्गत यो निशानी ७७ जिल्लामा शास्त्रीय मर्यादामा लैजाने योजना छ । यस यात्रामा दर्शन गर्न नपाएका श्रद्धालुहरूलाई पनि लड्केश्वर धामको प्रत्यक्ष दर्शन गरेको सरह पुण्य लाभ हुने बताइएको छ । यात्राको सुरक्षाका लागि गृह मन्त्रालयमार्फत सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा पत्राचार भइसकेको र रथ पनि तयार पारिएको जानकारी दिइयो ।

समारोहमा विद्वान प्रा.डा. भवानी खतिवडा, भारत नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ एवं समाजसेवी मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, वडा नं. ११ का अध्यक्ष बिपिन लामा, प्रवक्ता मधुसुधनजी, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरू, दानदाता तथा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता थियो ।

श्री १००८ स्वामी रमणानन्द महाराजले आफ्नो आशिर्वचनमा यस धाममा स्थापित पाशुपतास्त्र (त्रिशूल) देशको संकट हटाउने संकेत भएको उल्लेख गर्दै राजा, नेता र जनताले विगतका गल्तीका लागि क्षमा मागेर राष्ट्र निर्माणमा लाग्नुपर्ने आह्वान गर्नुभयो ।

मन्त्री पाण्डेले लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गर्ने र पशुपतिनाथबाट लड्केश्वरसम्म सहज यात्रा मार्ग निर्माण गर्ने घोषणा गर्नुभयो । उहाँले शिव त्रिशूल निर्माणमा पीठाधीश मुकुन्द शर्मा हुमागाईको योगदानको प्रशंसा गर्दै संस्कृति पर्यटन प्रवर्द्धनका तर्फबाट धन्यवाद पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा आयोजक समितिले सम्पूर्ण सहयोगी, दानदाता र सहभागी भक्तजनहरूलाई हार्दिक आभार प्रकट गर्दै शिव कृपा सबैमा रहोस् भन्ने शुभकामना व्यक्त गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved