Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

१३ श्रावण २०८२, सोमबार १३:०५

बर्दिवास,महोत्तरी |
२०८२ साउन १२

जन्मदिन भनेपछि हामी केक काट्ने र भोज गर्दै खुशी हुने सुखद पलका रुपमा मनाउँने उत्सव ठान्छौँ । तर बर्दिवास ३ गौरीडाँडाका होटल ब्यबसायी मिन बहादुर थापा (बिनोद) एक त्यस्ता उदाहरणिय पात्र हुन् जसले सामाजिक काम गरेरै वर्षौदेखि गुमनाम जन्मदिनको खुशी बटुलिरहेका छन् ।

मानिसहरू जन्मदिनमा आत्मकेन्द्रित भएर खानपिन र उपहारमा रमाउँछन् । होटल व्यवसायी थापाले भने आफ्नो र परीवारका सदस्यको जन्मदिन समाजसेवामा समर्पित गरेर अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आएका छन् ।

Oplus_131072

बुबा कोमल बहादुर थापा र आमा गंगादेवी थापाको कोखबाट जन्मिएका थापाले साउन ११ गते आइतबार परेको आफ्नो जन्मदिन मनाउन विभिन्न सामाजिक काम गरे । तर सहयोग पाएका संस्थाले (सामाजिक संजालमा) धन्यवाद ब्यक्त गरेपछि मात्रै उनको जन्मदिन धेरैले थाहा पाए । सामाजिक काम गरेर गुमनाम खुशी बटुल्ने उनको कर्मप्रती खुशी हुने र सुखानुभुती ब्यक्त नगर्ने सायदै कोहि होलान् !

उनले आइतबार आमा गंगालाई अघि लगाएर सरस्वती माध्यमिक विद्यालय कालापानीका ११ जना बिद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरे । शिक्षा नै समाजको मेरुदण्ड हो भन्ने उनको बुझाइलाई उनको कर्मले झल्काउँछ । बालबालिकाको अनुहारमा खुशी देख्नु नै जन्मदिनको ठूलो उपहार भन्दै उनले शिक्षामा सघाउले आफ्नो जिम्मेवारी भएकाले शिक्षामै सहयोग गरेको र सधैं सहयोग गरिराख्ने प्रतिबद्धता समेत जननएका छन् ।

प्रत्येक बिद्यार्थीलाई उनले स्कुल झोला, कपी, १ दर्जन डटपेन, पेन्सिल र जोमेट्री बक्स सहयोग गरेका छन् ।
त्यस्तै उनले नेपाल रेडक्रस सोसाइटी बर्दिवास शाखालाई पनि गर्मी मौसमलाई मध्यनजर गर्दै १५ कार्टुन पानी र ५ कार्टुन फ्रुटी सहयोग स्वरूप हस्तान्तरण गरेका छन्।

थापा बर्दिवास ३ गौरीडाँडा स्थित तुलसा गार्डेन एण्ड खुकुरी होटलका संचालक हुन् । उनको मात्रै हैन,परिवाका सदस्यहरु श्रीमती कविता, छोरा आयुष र छोरी तुलसाको जन्मदिनमा समेत थापा यसैगरी सहयोग लिएर विभिन्न ठाउँमा पुग्नेगरेका छन् ।
होटल व्यवसायी भए पनि थापा समाजसेवामा उत्तिकै अग्रसर छन् । थापाको यो कदमले युवापुस्तामा सकारात्मक सन्देश दिएको छ। रेडक्रस बर्दिवास शाखा र सरस्वती मावि कालापानी बिधालयले पनि थापाको योगदानप्रति आभार प्रकट गर्दै उनलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved