Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिबासमा साहित्यको उज्यालो : ७२औँ शृङ्खला सम्पन्न

११ श्रावण २०८२, शनिबार १५:२५

जीवनराज : साउन १०, बर्दिबास –
बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान, बर्दिबास महोत्तरीद्वारा सञ्चालित ७२औँ नियमित साहित्य शृङ्खला शनिबारका संस्थाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य तथा प्रगतिशील लेखक सङ्घ नगर समिति बर्दिबासका सहसचिव यादवराज वाग्लेले गरेका थिए । प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले अतिथिहरूलाई स्वागत गर्दै साहित्यिक यात्रामा साथ र सहकार्यको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष डा. सुमन कर्मचार्य, प्रतिष्ठानका सल्लाहकार मदन प्रभात, विश्व नेपाली साहित्य समाज महोत्तरी अध्यक्ष उद्धव अविचल, सिस्नुपानी महोत्तरी अध्यक्ष नारदप्रसाद काफ्ले, गौशाला साहित्य समाज अध्यक्ष मोहन महतो, प्रलेस नेपाल केन्द्रीय सदस्य विमला विक, नाथम कलेजका प्रशिक्षक महेशपति मिश्र तथा अनेलसका केन्द्रीय सचिव जीवनस्पर्शी लगायत विशिष्ट स्रष्टाहरूको उपस्थिति तथा रचना प्रस्तुति रहेको थियो ।

कार्यक्रममा कवि तथा सर्जकहरूले विविध भावभूमिमा आधारित कविता, गजल र मुक्तक वाचन गर्दै साहित्यिक माहोललाई रंगीन बनाएका थिए । जीवनराज दाहाल, मदन बराल, सरिता तामाङ, आदित्य बस्नेत, प्रिसा वाग्ले, प्रशंसा वाग्ले, सुमन वैद्य, सुदर्शन काफ्ले, पवन वाग्ले लगायतले रचना वाचनमार्फत सशक्त उपस्थिति जनाएका थिए ।

अतिथिहरूले बर्दिबासमा यस्तो निरन्तर साहित्यिक अभियान चल्नु गर्वको विषय भएको भन्दै नव सिर्जनाकर्मीहरूलाई मञ्च प्रदान गर्ने यस प्रतिष्ठानको भूमिकाको उच्च प्रशंसा गरे । साहित्यको श्रीवृद्धिमा यसले पुर्याएको योगदान उल्लेखनीय भएको उनीहरूको भनाइ थियो ।

अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले रामेछापदेखि आउनु भएका डा. सुमन कर्मचार्य सहित सम्पूर्ण अतिथि र स्रष्टाहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले साहित्यिक चेतनाको उज्यालो फैलाउने विश्वास व्यक्त गरे । कार्यक्रमका लागि स्थल सहयोग गरेका बर्दिबास चिया चौतारी सञ्चालक सुदर्शन काफ्लेलाई समेत विशेष धन्यवाद दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved