Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

‘घुमौँ मधेस, बुझौँ मधेस’ अन्तरक्रिया तथा महाअभियानको भव्य समापन

२५ असार २०८२, बुधबार २१:४९

जीवनराज दाहाल: जनकपुरधाम, असार २५
नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशको आयोजनामा आयोजित अध्ययन, अवलोकन, प्रचार-प्रसार महाअभियान तथा ‘घुमौँ मधेस, बुझौँ मधेस’ कार्यक्रमको समापन धनुषा जिल्लाको जनकपुरधामस्थित होटल वेलकममा भव्यताका साथ सम्पन्न भएको छ ।

महासङ्घका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न उक्त समापन सत्रको प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री माननीय शतिशकुमार सिंह रहनुभएको थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री, विभिन्न पूर्व मन्त्रीहरू, माननीय सांसदहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी, मध्यपूर्व पृतनापति महोत्तरी उपरथी, नेपाल प्रहरीका नायक महानिरीक्षक, शशस्त्र प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूको विशेष आतिथ्यता रहेको थियो ।

महासचिव बैकुण्ठ सापकोटाद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नाटा मधेस प्रदेश, HAN मधेस प्रदेश, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, आठै जिल्लाका होटल तथा पर्यटन व्यवसायी अध्यक्षहरू, पत्रकार महासंघका अध्यक्षहरू तथा महासङ्घका केन्द्रीय कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा पर्यटन प्रवर्द्धनमार्फत मधेसको समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्दै सबै सरोकारवालाहरूले पर्यटनमैत्री प्रदेश निर्माणका लागि हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महासङ्घले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, पत्रकार तथा सरोकारवाला प्रति धन्यवाद व्यक्त गर्दै मधेसलाई ‘नमुना पर्यटन गन्तव्य’ बनाउन एकजुट भएर अघि बढ्ने प्रतिवद्धता दोहोर्‍याएको छ ।

जय पर्यटन, जय व्यवसायी, जय मधेस ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved