Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

होटल व्यवसायीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

८ असार २०८२, आईतवार २३:०८

नारायण घिमिरे

मधेस प्रदेशका होटल सञ्चालकहरूको व्यवसायिक क्षमता बढाउन महोत्तरीको बा्दिवासमा राखिएको एक दिने प्रशिक्षण सकिएको छ । होटल सङ्घ नेपाल मधेस प्रदेशले आयोजना गरेको तालिम निकै उपलब्धिमुलक भएको तलिमका सहभागीले बताएका छन् । यस्ता तालिमले व्यवसायीको मनोबल सधैब उच्च राख्न सघाउने सहभागी होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका उपाध्यक्ष अमित बस्नेतले बताउनुभयो।
पाहुनाको रुचिलाई ध्यान दिदै विज्ञान र प्रविधिको सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सके होटल व्यवसायबाट पछुताउन नपर्ने रहेछ भन्ने तालिमबाट सिकाइ भएको हाम्रो होटल एण्ड गेष्टहाउस बर्दिवासका सञ्चालक कुबेर घिमिरेले बताउनुभयो । धनुषा, महोत्तरी, सप्तरीका लगायत जिल्लाका होटल व्यवसायीहरूलाई सोल्टी ग्रुपका प्रशिक्षक डाक्टर रुपेश श्रेष्ठले प्रशिक्षण गर्नुभएको हो ।

तालिम समापन सत्रका प्रमुख अतिथि नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले ब्यबसायीलाइ आवश्यक र जरुरी ज्ञान र सीप दिने तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्नुभयो । तलिमको समापन सत्रमा होटल सङ्घ नेपाल मधेस प्रदेशका उपाध्यक्ष देवनारायण मण्डलको अध्यक्षता गर्नुभएको थियो भने होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले अतिथिलाई स्वागत र संघका महासचिव नारायण घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका अन्य अतिथिमा होटल तथा पर्यटन व्यवसायी सङ्घ धनुषाका कार्यवाहक अध्यक्ष रूपेश सिंह, होटल तथा पर्यटन व्यवसायी सङ्घ सप्तरीका अध्यक्ष रामकुमार गुप्ता, बर्दिवास उद्योग वाणिज्य सङ्घ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ , नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका सदस्य सरोज चौधरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ, धनुषा अन्तरगत ढल्केवर इकाईका अध्यक्ष प्रमोद साहा लगायत रहनुभएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved