Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७०औँ शृङ्खला सम्पन्न

५ जेष्ठ २०८२, आईतवार ०६:००

बर्दिवास, जेठ ४ — बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान, बर्दिबास महोत्तरीद्वारा आयोजित ७०औँ साहित्यिक शृङ्खला यही २०८२ साल जेठ ३ गते शनिबार, श्री देउराली माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा देउराली माविका प्रधानाध्यापक कुमार घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा मन्तव्यसहित रचना वाचन गर्ने अतिथिहरूमध्ये गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसाद काफ्ले, जनजागृति आवि बर्दिबास–२ का प्रधानाध्यापक अम्बिका प्रसाद दहाल र देउराली माविका शिक्षक सविन आले प्रमुख थिए ।

शृङ्खलामा विविध लयका गीत, कविता र मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा अनिषा चौधरी, अन्सु श्रेष्ठ, दिव्या भारती, रिदमा वराल, विनिसा बराल, सुनिक्षा खड्का, कृतिका तिमल्सिना, नैनिका जोगी, दिपीका मगर, तिमल्सिना, शुशीला कटवाल, भावना बस्नेत, शान्ता विश्वकर्मा, मधु चौधरी, रमिता आले, अनिष चौधरी, ईशा पुलामी मगर लगायत रहेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पौडेलले शृङ्खलामा उपस्थिति जनाएर कार्यक्रमको गरिमा बढाउने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे । साथै, आगामी दिनहरूमा पनि यस्तै सहयोग र साथको अपेक्षा रहेको उल्लेख गर्दै प्रतिष्ठानको सफलतामा योगदान दिने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved