Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मधेश प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी, नियमावली अन्तिम चरणमा

१९ बैशाख २०८२, शुक्रबार ०७:५७

जीवनराज, १९ वैशाख, महोत्तरी ।
मधेश प्रदेश सरकारले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘मधेश प्रदेश पर्यटन बोर्ड’ गठनको तयारी अन्तिम चरणमा पु‍र्‍याएको छ । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँका अनुसार बोर्ड गठनका लागि आवश्यक कानुनी संरचना लगभग तयार भइसकेको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार सप्तरीको राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री मियाँले पर्यटन ऐन कार्यान्वयनको चरणमा पुगेको जानकारी दिए । उनले भने, “पर्यटन ऐन बनिसकेको छ, नियमावली तयार भइसकेको छ, अब छिट्टै बोर्ड गठन हुँदैछ । बोर्डले मधेशको पर्यटन नक्सालाई फराकिलो बनाउनेछ ।”

उनका अनुसार बोर्डमार्फत निजी क्षेत्र, स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य बढाई पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाइनेछ । मधेशका आठवटै जिल्लामा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा सरकारले विशेष ध्यान दिइरहेको मन्त्री मियाँको भनाइ थियो ।

“पर्यटन विकास सरकारको एकल प्रयासमा सम्भव छैन,” उनले स्पष्ट पारे, “निजी क्षेत्र, व्यवसायी, स्थानीय सरकार र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक छ ।”

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, तथा राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायत वक्ताहरूले सप्तरी तथा मधेशका अन्य जिल्लामा रहेका पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनमा तीनै तहको सरकारबीच समन्वय जरुरी रहेको धारणा राखे ।

उनीहरूले छिन्नमस्ता भगवती मन्दिर, कञ्चनरुपका प्राचीन पोखरीहरू, हनुमाननगरका ऐतिहासिक भवनहरू, विष्णुपुराको गढी र विराटकालीन स्थलहरूलाई समेटेर मधेश प्रदेशको पर्यटनलाई नयाँ उचाइमा पु‍र्‍याउन सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रमका आयोजक तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले पर्यटन क्षेत्रलाई अब नीतिगत र व्यावसायिक ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved