
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच केहि दिन अघि बैंककमा भेट भएको थियो । अरु भेटभन्दा यो भेट अनौठो थियो ।
सम्भवत यो भेट मोदिको पहिलो पटक थियो, विना विदेशमन्त्री वा आफ्ना कुनै कर्मचारी मोदीले यसरी भेट दिए कुनै देशका राष्ट्रप्रमुखलाई ।
यो भन्दा अघि उनले चीनका राष्ट्रपतिलाई त्यसरी भेट दिएको भनिएतापनि त्यतिखेर पनि विदेशमन्त्री राखेर मात्र भेट दिएका थिए भन्ने रेकर्ड पाईन्छ ।
यहि बिचमा नेपालका प्रधानमन्त्री जो सँग मोदी र भारतीय जनता दुबै चिढिएको अवस्था छ । उनलाई किन यसरी गोप्य भेट दिए? भेटमा के के कुरा भयो?? भन्नेकुरा अहिलेसम्म बाहिरीसकेको छैन ।
तर, हाम्रो अथक मिहिनेत पश्चात गोप्य श्रोतबाट प्राप्त जानकारी जस्ताको त्यस्तै पहिलोपटक यहाँ उल्लेख गरिएको छ ।
यसरी भयो गोप्य भेट !
ओली र मोदी भेटको लागि सुरुमा २० मिनेट समय छुट्याईयो । भेट अघि सुरुमा दुईको तस्विर लिइयो, भिडियो बनाईयो तर त्यसअघि नै दुबै प्रधानमन्त्रीबिच विदेशमन्त्री वा परराष्ट्रमन्त्रि समेत नराख्ने सल्लाह भईसकेको थियो किनकि भेटका विषयहरु त्यस्तै प्रकृतिका थिए ।
त्यसैले फोटो सेसन पश्चात संयुक्त भनेर राखिएका कुर्सीहरू सबै बाहिर निकालियो र २ वटा कुर्सि मात्र बाँकी राखियो । त्यहाँ अरु कोहि नहुने सम्पूर्ण परिस्थिति मिलेपछि बल्ल दुईजना बीच संयुक्त भेटघाट र कुराकानि चल्यो । भेटका लागि मोदिले ओलिलाई कुरिराखेको अवस्थामा ओलि भित्र छिरेका हुन् ।
परराष्ट्रमन्त्रि डा. आरजु राणाप्रति ओली सशंकित
प्रधानमन्त्रि ओली, परराष्ट्रमन्त्रि डा. आरजु राणा प्रति सशंकित बनेका थिए । उनको आशय वा आशंका थियो, कतै परराष्ट्रमन्त्रिले नै पो ओली र मोदी सम्बन्ध बिगार्न भूमिका खेलिरहेकी त छैनन्?
यही आशयका साथ दुई प्रधानमन्त्री बीच गोप्य भेट गर्ने प्रस्ताव ओलीले नै राखेका थिए र सोही प्रस्तावलााई मोदीले स्वीकारेर ओलीलाई भेट्न एक्लै कोठामा बसेका थिए । त्यसपछि मात्र ओलि कोठामा छिरेका थिए।
के-के भए गोप्य कुरा ?
मिडियामा आएका कुरा हामि सबैले सुनिसकेका छौँ । तर नेपालमा त्यत्रो आन्दोलन, राजा र हिन्दूअधिराज्यको तयारीबारे यत्रो उच्चस्तरिय भेटमा कुनै कुरा भएन होला? यस्तो जानकारी कतैबाट नआएको देख्दा सबैलाई चासो लागेकै थियो ।
तर, समाचारमा नआएका कैयौँ विषयमा पनि त्यहाँ चर्चा भएका छन्।
सुरुमै ओलीले प्रश्न राखेका थिए, “नेपालको राजसंस्थाबारे मोदीको धारणा के छ ?” जवाफमा मोदीले भने, “हामीलाई त्यता कुनै रहर छैन ।”
त्यसपछि नेपाललाई हिन्दू गणराज्य बनाउनुपर्ने कुरामा बहस केन्द्रित भएपछि २० मिनेटको लागि भनेर छुट्टिएको समय ४० मिनेट पुग्यो र ओलीले सकेसम्म आफ्नै कार्यकालमा हिन्दू गणराज्यको प्रस्तावलाई अघि बढाउने संकल्प गरेपछि दुई नेताले खुशियाली साटासाट गर्दै ट्विट गरेर उक्त खुशियाली आफ्ना जनताबिच बाँडेका थिए ।