Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

जब ओली र मोदी भेटमा उठ्यो “राजा र हिन्दूराष्ट्रको” कुरा

२३ चैत्र २०८१, आईतवार १३:५४

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच केहि दिन अघि बैंककमा भेट भएको थियो । अरु भेटभन्दा यो भेट अनौठो थियो ।
सम्भवत यो भेट मोदिको पहिलो पटक थियो, विना विदेशमन्त्री वा आफ्ना कुनै कर्मचारी मोदीले यसरी भेट दिए कुनै देशका राष्ट्रप्रमुखलाई ।

यो भन्दा अघि उनले चीनका राष्ट्रपतिलाई त्यसरी भेट दिएको भनिएतापनि त्यतिखेर पनि विदेशमन्त्री राखेर मात्र भेट दिएका थिए भन्ने रेकर्ड पाईन्छ ।

यहि बिचमा नेपालका प्रधानमन्त्री जो सँग मोदी र भारतीय जनता दुबै चिढिएको अवस्था छ । उनलाई किन यसरी गोप्य भेट दिए? भेटमा के के कुरा भयो?? भन्नेकुरा अहिलेसम्म बाहिरीसकेको छैन ।

तर, हाम्रो अथक मिहिनेत पश्चात गोप्य श्रोतबाट प्राप्त जानकारी जस्ताको त्यस्तै पहिलोपटक यहाँ उल्लेख गरिएको छ ।

यसरी भयो गोप्य भेट !

ओली र मोदी भेटको लागि सुरुमा २० मिनेट समय छुट्याईयो । भेट अघि सुरुमा दुईको तस्विर लिइयो, भिडियो बनाईयो तर त्यसअघि नै दुबै प्रधानमन्त्रीबिच विदेशमन्त्री वा परराष्ट्रमन्त्रि समेत नराख्ने सल्लाह भईसकेको थियो किनकि भेटका विषयहरु त्यस्तै प्रकृतिका थिए ।

त्यसैले फोटो सेसन पश्चात संयुक्त भनेर राखिएका कुर्सीहरू सबै बाहिर निकालियो र २ वटा कुर्सि मात्र बाँकी राखियो । त्यहाँ अरु कोहि नहुने सम्पूर्ण परिस्थिति मिलेपछि बल्ल दुईजना बीच संयुक्त भेटघाट र कुराकानि चल्यो । भेटका लागि मोदिले ओलिलाई कुरिराखेको अवस्थामा ओलि भित्र छिरेका हुन् ।

परराष्ट्रमन्त्रि डा. आरजु राणाप्रति ओली सशंकित

प्रधानमन्त्रि ओली, परराष्ट्रमन्त्रि डा. आरजु राणा प्रति सशंकित बनेका थिए । उनको आशय वा आशंका थियो, कतै परराष्ट्रमन्त्रिले नै पो ओली र मोदी सम्बन्ध बिगार्न भूमिका खेलिरहेकी त छैनन्?

यही आशयका साथ दुई प्रधानमन्त्री बीच गोप्य भेट गर्ने प्रस्ताव ओलीले नै राखेका थिए र सोही प्रस्तावलााई मोदीले स्वीकारेर ओलीलाई भेट्न एक्लै कोठामा बसेका थिए । त्यसपछि मात्र ओलि कोठामा छिरेका थिए।

के-के भए गोप्य कुरा ?

मिडियामा आएका कुरा हामि सबैले सुनिसकेका छौँ । तर नेपालमा त्यत्रो आन्दोलन, राजा र हिन्दूअधिराज्यको तयारीबारे यत्रो उच्चस्तरिय भेटमा कुनै कुरा भएन होला? यस्तो जानकारी कतैबाट नआएको देख्दा सबैलाई चासो लागेकै थियो ।

तर, समाचारमा नआएका कैयौँ विषयमा पनि त्यहाँ चर्चा भएका छन्।

सुरुमै ओलीले प्रश्न राखेका थिए, “नेपालको राजसंस्थाबारे मोदीको धारणा के छ ?” जवाफमा मोदीले भने, “हामीलाई त्यता कुनै रहर छैन ।”

त्यसपछि नेपाललाई हिन्दू गणराज्य बनाउनुपर्ने कुरामा बहस केन्द्रित भएपछि २० मिनेटको लागि भनेर छुट्टिएको समय ४० मिनेट पुग्यो र ओलीले सकेसम्म आफ्नै कार्यकालमा हिन्दू गणराज्यको प्रस्तावलाई अघि बढाउने संकल्प गरेपछि दुई नेताले खुशियाली साटासाट गर्दै ट्विट गरेर उक्त खुशियाली आफ्ना जनताबिच बाँडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

© 2026: Touch Khabar All Rights Reserved