Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासमा सुरु भयो डिजिटल पत्रकारिता तालिम

१४ फाल्गुन २०८१, बुधबार १३:११

गणेश सुवेदी
महोत्तरीको बर्दिबासमा पाँचदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको पाँच दिने तालिम बुधबारबाट सुरु भएको छ ।
नेपाल प्रेस ईन्स्टिच्युटले सहजीकरण र बर्दिवास नगर पत्रकार संजालको आयोजनामा सुरु भएको उक्त तालिम फाल्गुन १८ गतेसम्म सन्चालन हुने नगर पत्रकार सन्जालका सचिव विशाल बस्नेतले जानकारी दिए।

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अथिती बर्दिबास नगरपालिकाका मेयर प्रलाद कुमार क्षेत्रिले नगर पत्रकार संजाल बर्दिबासले डिजिटल पत्रकारिता तालिम सन्चालन गर्नु बर्दिबासमा रहेका पत्रकारहरुको लागि एउटा सुनौलो अवसर भएको बताएका छ्न ।

“नगर पत्रकार सन्जालले बर्दिबास केन्द्रित पत्रकारहरुलाइ एउटै छानोमा जोड्न सकोस ।” -मेयर क्षेत्रीले भने। ” पत्रकारहरुको क्षमता अभिवृदिका थप सहयोग गर्न तयार छौ ।”

फरक प्रसङमा बोल्नु हुँदै नगर प्रमुख क्षेत्रीले फाल्गुन १४ गते नगरपालिकाको १००० दिन पुगेको बताउनुहुदै उनले निकट दिनमै नगरले समिक्षात्मक कार्यक्रम आयोजना गर्ने बताएका छ्न ।

कार्यक्रममा बोल्नु हुदै बर्दिबास नगर पत्रकार सन्जालका सस्थापक सचिव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार राजकरण महतोले नगर प्रमुख समक्ष नगर पत्रकार सन्जाललाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिनु हुन आग्रह गरेका छ्न।

बर्दिवास नगर पत्रकार संजालका अध्यक्ष गोपाल बरालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा अतिथि र सहभागीलाई संजालकि कोषध्यक्ष सुनिता बरालले स्वागत गर्दै ५ दिन तालिममा सक्रियता पुर्वक सहभागी हुन आग्रह गरेकि छन ।
तेस्तै कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रा सेनानी ईश्वरि काफ्लेले आफुले पत्रकारिता क्षेत्रमा भोगेका दुख सुखका कहरहरु तालिममा सहभागी पत्रकारहरुलाइ सुनाएका थिए ।
नेपाल प्रेस ईन्स्टिच्युटवाट समोजकत्व गर्नु भएको वरिष्ठ पत्रकार अजय साहले तालिममा सहभागीहरुलाइ डिजिटल पत्रकारिता तालिम मार्फत धेरै कुरा सिकेर जान आग्रह गरेका छ्न। उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएको नगर पत्रकार सन्जालका अध्यक्ष गोपाल बरालले अहिलेका नया पुस्ताका पत्रकारले तालिमवाट अझ तिखारिएर जान आग्रह गरेका छ्न ।

oplus_1049602

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved