Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

गायक रुद्रसेनको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक

५ फाल्गुन २०८१, सोमबार १९:१६

टच संवाददाता

भोजपुरी संगीत पारखीहरूका लागि बहुप्रतीक्षित नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । गयक रुद्रसेन बिश्वकर्माको शब्द लेखन र गायकी तथा चर्चित कलाकार सागर लम्साल (बले) र नायिका शिल्पा पोखरेलको आकर्षक जोडीले अभिनय गरेको यस गीतले दर्शक तथा श्रोतालाई मनोरञ्जनको नयाँ अनुभव दिने विश्वास गरिएको छ ।

नेपाली, भोजपुरी तथा मैथिली गीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक रुद्रसेनले गीतलाई १४ फेब्रुअरीको दिन आफ्नै युटुब च्यानल रुद्रसेन क्रिएसन मार्फत बजारमा ल्याएका हुन् । उक्त गीतमा रुद्रसेन र प्रतिमा अर्यालको आवाज रहेको छ । गितमा प्रेमिल भावना र रमाइलो माहोललाई ब्यक्त गरिएको छ। गीतमा आधुनिक संगीतको स्पर्शसहित परम्परागत भोजपुरी लयको उत्कृष्ट मिश्रण सुन्न सकिन्छ ।

प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी आकर्षक र जोशिलो छ । सागर र शिल्पाको जोडीले नृत्यमा प्रस्तुत गरेको ऊर्जा र भावनात्मक अभिव्यक्तिले दर्शकको मन जित्न सक्ने सम्भावना छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौं सहित विभिन्न ठाउँको आकर्षक लोकेसनहरूमा गरेका छ्न् ।
गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । संगीतको एरेन्जिङ, मिक्सिङ र मास्टरिङ भारतका कुशल एरेन्जर प्रमोदले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको मधुर आवाजले गीतमा विशेष आकर्षण थपेको छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । एल्बममा समावेश अन्य गीतहरूसमेत श्रोताहरूको मन जित्न सक्ने खालका रहेको निर्माण टिमको दाबी छ ।

पहिलोपटक भोजपुरी गीतमा एकसाथ देखिएका सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीप्रति दर्शकको विशेष उत्सुकता छ । नेपाली टेलिभिजन तथा म्युजिक भिडियोमा निकै रुचाइएका यी दुई कलाकारको यो सहकार्यले दर्शकहरूमा नयाँपनको अनुभव दिनेछ । विशेष गरी सागरको हास्य भूमिका र शिल्पाको मोहक प्रस्तुतिले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ ।

प्रेम दिवस (भ्यालेन्टाइन्स डे)को अवसर पारेर सार्वजनिक गरिएको यो गीतले प्रेमी-प्रेमिकाहरूको मन छुने अपेक्षा गरिएको छ । गीतको लय, शब्द र अभिनयले प्रेमको भावनालाई जीवन्त बनाएको छ, जसले युवापुस्तालाई विशेष आकर्षित गर्नेछ ।

भोजपुरी संगीतमा नवीनपनको स्वाद दिने यस गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको राम्रो प्रतिक्रिया पाएको छ।

नयाँ जोडीको प्रस्तुति, उत्कृष्ट संगीत र मनमोहक लोकेसनले सजिएको ‘दे दन प्यार गोरी’ गीतले भोजपुरी संगीत पारखीहरूलाई विशेष उपहार दिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

ताजा अपडेट
  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

  • गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

  • सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

© 2025: Touch Khabar All Rights Reserved