Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

एक महिना निशुल्क पानी खुवाएकोमा खानेपानी संस्थालाई सम्मान

५ मंसिर २०८०, मंगलवार १०:०९

टच संवाददाता
गत कार्तिक महिनामा खानेपानीको महशुल मिनाहा गरेकोमा होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले खानेपानी संस्था बर्दिवासलाई सम्मान गरेको छ । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दिवासले चाडपर्वको अवसरमा दशै देखि छठ पर्वसम्म एक महिना खानेपानी शुल्क मिनाहा गरेको थियो ।
चाडपर्वमा बढी पानी खपत हुने भएपनी संस्थाबाट सबैको सल्लाहले एक महिनाको शुल्क मिनाहा गर्ने निर्णय भएपछि साना ठुला सबै उपभोक्ताको एक महिनाको शुल्क छुट गरेको साना शहरी संस्थाका अध्यक्ष भुलन सेन ठकुरीले जानकारी दिए ।
अरु महिनामा सरदर १५ लाख रुपैयाँ महसुल उठ्ने गरेकोमा कार्तिक महिनामा थप रकम उठ्न सक्ने भएपनि प्रकृतिको सम्पत्ति हो, एक महिना छुट दिदाँ सकिदैनौ भनेर शुल्क मिनाहा गरेको साना शहरी संस्थाका कोषाध्यक्ष भोजबहादुर फु्यालले बताए । होटल ब्यबसायीलाई मात्रै नभएर हरेक ब्यबसायी र उपभोक्तालाई कोरोना पछिको आर्थिक मारमा केही सहुलियत होस भनी आर्थिक शुल्क छुट गरिएको फु्यालले बाताए ।

मंसिर १३ गतेसम्म खानेपानीको पुरानो बक्यौता बुझाइसक्न पनि खानेपानी संस्थाले सबै उपभोक्तालाई अनुरोध गरेको छ । १३ गतेसम्म शुल्क नबुझाउने उपभोक्ताको धारा काटिने संस्थाले जनाएको छ ।
संस्थाका ५७ सय उपभोक्तालाई कार्तिक ५ गतेदेखि मंसिर ५ गतेसम्म खानेपानी निशुल्क दिने निर्णय साना शहरी संस्थाले गरेको थियो ।
बर्दिवासलाई निशुल्क खानेपानी खुवाउने साना शहरीको निर्णय निकै प्रसंसनिय भएको बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले बताए । पहिले पानी पुगेन भन्ने उपभोक्ताले अहिले पानी धारामा आइराख्दा बढी महसुल उठ्यो भन्ने चिन्ता गर्नथालेकाले संस्थाले राम्रो काम गरेको भन्न सकिने मेयर क्षेत्रीले बताए । खानेपानी उपभोक्तालाई थप खानेपानीको सुरक्षा गर्न बर्दिवास नगरका तर्फबाट के गर्न सकिन्छ भनेर आफुले आवश्यक पहल,प्रयास गरि आवश्यक सहयोग गर्न तयार रहेको मेयर क्षेत्रीले बताए ।
खानेपानीको दिगो ब्यबस्थापनका लागि थप मुहान खोज्न र ब्यबस्थापन गर्न नगर प्रतिवद्द रहेकाले सोही अनुसार अघि बढ्न खानेपानी संस्थालाई मेयर क्षेत्रीले आग्रह गरे ।
सबैलाई पानी शुल्क मिनाह गरेर आर्थिक सहुलियत संगै पर्वमा थप खुशी थपिदिएको भन्दै संस्थालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्किले बताए । राम्रो काम गर्ने जो कोहिलाइ सम्मान गर्नपर्छ भन्ने मान्यता सहित नयाँ कार्यसमितिले गरेको राम्रो कामको प्रसंसा गर्न संस्थालाई सम्मान गरेको कार्किले बताए । कार्यक्रमलाई होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरेले सहजीकरण गरेका थिए । ब्यबसायीलाइ आर्थिक मन्दिको थप मार परीरहेको अवस्थामा खानेपानीको छुट निकै ठूलो सहुलियत भएको घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved