Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मोटरसाइकल सुस्त चलाएर पुरस्कार जित्ने मौका

२४ कार्तिक २०८०, शुक्रबार १५:२९

सुनिता बराल
महोत्तरीको बर्दिवासमा प्रत्येक वर्ष आयोजना हुँदै आएको सुस्त मोटरसाइकल चलाउने प्रतियोगिता यस वर्ष पनि आयोजना हुने भएको छ । कार्तिक २६ गते आइतबार लक्ष्मी पुजाको दिन बिहान ७ बजेबाट प्रतियोगिता सुरु हुने बर्दिवास युथ क्लबले शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बर्दिवास युथ क्लबको आयोजनामा सुस्त मोटरसाइकल चलाउने प्रतियोगिता हुन गइरहेको बर्दिवास युथ क्लबका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।
तिब्र गतिमा मोटरसाइकल चलाउँदा कयौं मानिसको अकालमै ज्यान गइरहेकाले सवारी सुस्त चलाए दुर्घटनाको जोखिम कम हुने सन्देश दिन यस्तो प्रतियोगीता आयोजना गरिएको खड्काले बताए ।
यस वर्ष पनि डेढ सय मानिसले प्रतियोगितामा भाग लिनसक्ने अनुमान क्लबले गरेको छ । प्रत्येक वर्ष निकै उत्साहका साथ प्रतियोगितामा सहभागीले भाग लिदै आएका क्लबले जनाएको छ ।
यसवर्ष सुस्त मोटरसाइकल चलाएर प्रथम हुने ब्यक्तिलाई २२ हजार ५ सय ५०,दोश्रो हुने प्रतियोगिलाई १० हजार ५ सय ५५ र तृतीय हुने प्रतिस्पर्धिलाई ५ हजार ५ सय ५५ पुरस्कारको ब्यबस्था गरिएको क्लबका अध्यक्ष खड्काले बताए ।
क्लबले चाडपर्वको समय बर्दिवासका विभिन्न ठाउँमा पिङ बनाउने, खेलकुदका गतिविधि गर्ने र विभिन्न सामाजिक काममा समेत सहभागीता जनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

ताजा अपडेट
  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

© 2026: Touch Khabar All Rights Reserved